Film

ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायांकन सुरु गरेको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट छायांकन सुरु गरिएको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए । फिल्म ३५ …

Read More »

‘मन विनाको धन २’मा महेश त्रिपाठी अनुबन्धित

काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् । फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन । पारिवारिक तथा सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने जनाइएको छ । यसअघि फिल्ममा …

Read More »

‘आइ एम जीतबहादुर’को शीर्ष गीत सार्वजनिक, कैलाश खेरको स्वर

काठमाडौं । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीतबहादुर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा भारतीय गायक कैलाश खेरको स्वर रहेको छ । गीतमा जितु नेपाल र राज सिंह सिधुको शब्द तथा बब एसएनको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा कलाकार …

Read More »

‘काजी’ ट्रेलर सार्वजनिक, विपिन–केकीको प्रेमकथा केन्द्रमा

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव र विवाहपछिको प्रेमलाई केन्द्रमा राखिएको देखिन्छ । विपिन कार्की ‘काजी’ र केकी अधिकारी …

Read More »

‘मितज्यू’को ट्रेलर सार्वजनिक, दयाहाङ–सौगातबीच रोचक प्रतिस्पर्धा

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित फिल्म ‘मितज्यू’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले नेपाली समाजको पुरानो मौलिक परम्परा ‘मितेरी साइनो’ र ग्रामीण परिवेशको कथालाई मुख्य विषयवस्तु बनाएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र …

Read More »

‘मन बिनाको धन २’ बन्ने, पूजा शर्मा अनुबन्धित

काठमाडौं । २०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’को दोस्रो श्रृंखला बन्ने भएको छ। अघिल्लो वर्ष घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मको सिक्वेल ‘मन बिनाको धन २’ निर्माण हुन लागेको हो। फिल्मका लागि निर्माण टिमले कलाकार अनुबन्धन प्रक्रिया सुरु गरिसकेको छ। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने …

Read More »

‘परान’पछि काकुको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ शुभमुहूर्त

काठमाडौं। गत वर्ष बक्स अफिसमा उच्च कमाइ गर्दै रेकर्ड बनाएको परान पछि निर्देशक दीपक प्रसाद आचार्य नयाँ फिल्म चिरञ्जीवी भव: लिएर आएका छन् । सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिर मा स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य ले पहिलो सट दिएका …

Read More »

‘लालीबजार’ हेरेर दर्शक भावुक, हलबाट रुँदै निस्किए स–परिवार

काठमाडौं। वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’लाई दर्शकले साथ दिएका छन्। फिल्म प्रदर्शनमा आएदेखि नै अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा, नवअभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री लगायतको टोली काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग …

Read More »

‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक

काठमाडौं। साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा श्रेया राईको शब्द, संगीत तथा स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चलिरहेका बेला एक युवतीको मनमा चल्ने …

Read More »

फिल्म ‘क्रलिङ क्रोज: आँखा’लाई अमेरिकामा दुई प्रतिष्ठित रेमी अवार्ड

काठमाडौं। जौन योञ्जनद्वारा निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ। हालै आयोजक कमिटीले इमेलमार्फत फिल्मले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो। यस फिल्मले ‘विदेशी फिचर’ (Foreign Features) विधामा उत्कृष्ट हुँदै …

Read More »