काठमाडौं । आगामी साउन १ गते प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मको मुख्य विषयवस्तु प्रस्तुत गरेको छ।
ट्रेलरमा शिक्षाप्रति दृढ अठोट बोकेकी एक युवतीको संघर्ष, परिवार र समाजको दबाबबीच आफ्ना सपना पूरा गर्ने प्रयास तथा महिलामाथि हुने विभेदलाई चित्रण गरिएको छ। अटिजमबाट प्रभावित युवकसँग विवाह गरेकी युवतीले भोग्ने चुनौती, पारिवारिक सम्बन्धको जटिलता र फरक क्षमता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोणलाई पनि ट्रेलरले समेटेको छ।
निर्देशित फिल्ममा र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साथै , प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ।
को कथामा बनेको फिल्मको पटकथा तथा संवाद निर्देशक रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ।
News Filmy Newsportal / Nepal