‘जिरो डिग्री’ तिहारमै प्रदर्शन हुने

काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा बनेको नेपाली फिल्म ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा नै प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति परिवर्तन हुन सक्ने चर्चा भइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित योजनाअनुसार नै फिल्म रिलिज हुने स्पष्ट पारेको हो।

निर्देशक ले प्रदर्शन मिति कथा, बजार, दर्शक, वितरण र प्रचार–प्रसारको समग्र योजना अध्ययनपछि तय गरिएको बताए। उनका अनुसार छायांकन र पहिलो चरणको सम्पादनपछि फिल्मप्रति विश्वस्त बनेर मात्र तिहारमा रिलिज गर्ने निर्णय गरिएको हो।

कार्यकारी निर्माता मोती कार्कीले पनि प्रदर्शन मिति परिवर्तन हुने हल्लामा कुनै सत्यता नरहेको बताए। उनले प्रचार–प्रसार र वितरणको सम्पूर्ण तयारी पूर्वनिर्धारित योजनाअनुसार नै अघि बढिरहेको जानकारी दिए।

सामाजिक, पारिवारिक, भावनात्मक तथा हास्यप्रधान कथावस्तुमा आधारित फिल्ममा , सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीको अभिनय छ।

‘बेहुली फ्रम मेघौली’पछि र आकाश बरालको दोस्रो सहकार्य रहेको फिल्मको लेखन, निर्देशन र निर्माण पनि उनीहरूले नै गरेका हुन्।

Leave a Reply