काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को दक्षिण कोरियाको प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षका अनुसार कोरियास्थित ‘केटीएम २ सोल’ कम्पनीले फिल्मको वितरण अधिकार खरिद गरेको हो। सम्झौताको रकम भने सार्वजनिक गरिएको छैन।
प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री भएको फिल्म क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको हो। निर्देशित फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
को प्रस्तुतिमा बनेको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र विनय राज पौडेलले संयुक्त रूपमा तयार गरेका छन्।
फिल्म आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
News Filmy Newsportal / Nepal