काठमाडौं । नेपाली पार्श्वगायक तथा संगीतकार युवराज चौलागाईं अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलबाट सम्मानित भएका छन्। नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै जर्सी सिटी काउन्सिलले उनलाई सम्मान गरेको हो। सम्मानपत्र मंगलबार जर्सी सिटी हलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो। जर्सी सिटीका मेयरद्वारा नियुक्त विविधता तथा …
Read More »Film
परीक्षा लिम्बुको उपस्थितिसहित ‘ग्लोबल डान्स लिग’मा नेपालको प्रतिनिधित्व
काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागी हुन नेपालबाट प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। प्रतियोगितामा यसपटक नेपालका तीन टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टिम एनटी, दि इननेट …
Read More »नेपाल रिलिजअघि नै ‘हली’को साइप्रस प्रदर्शन अधिकार बिक्री
काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हली’ को साइप्रस प्रदर्शन अधिकार नेपालमा प्रदर्शन हुनुअघि नै बिक्री भएको छ। निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रसमा फिल्म प्रदर्शनका लागि सम्झौता भइसकेको छ। अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि वितरकसँग छलफल भइरहेको र सम्झौता टुंगिएपछि जानकारी …
Read More »‘पार्वती’को ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल, ३० हजारभन्दा बढी भिडियो
काठमाडौं । आगामी भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल बनेको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। गीत टिकटकसँगै फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा पनि व्यापक रूपमा प्रयोग भइरहेको निर्माण …
Read More »साउनमा चार फिल्म, बक्सअफिसमा कसको बाजी?
काठमाडौं । त्यसो त वर्षायाम र खेतीपातीको चटारोसँगै नेपाली फिल्म उद्योगमा असार र साउनलाई प्रायः ‘अफ–सिजन’ को महिना मानिन्छ। यसको प्रभाव पछिल्ला नेपाली फिल्मको व्यापारमा पनि देखिएको छ। असारमा प्रदर्शनमा आएका ‘आई एम जितबहादुर’ र ‘जाँड’ ले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन् भने हाल प्रदर्शनरत ‘भागदौड’ को व्यापार पनि उत्साहजनक देखिएको छैन …
Read More »‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक, दुर्गेशको प्रियंकालाई उपहार
काठमाडौं । भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक गरिएको छ। दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका वविना किरातीले पनि स्वर दिएकी छन्। दुर्गेशले यो गीत अभिनेत्री तथा निर्माता प्रियंका कार्कीलाई उपहारस्वरूप फिल्मको प्रचारका लागि दिएका हुन्। प्रदीप लामाको अवधारणा, कोरियोग्राफी …
Read More »‘गौँथली’को प्रिमियरमा सकारात्मक प्रतिक्रिया
काठमाडौँ। साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को प्रिमियर सोमबार साँझ काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको छ। प्रिमियरमा दर्शक र फिल्मकर्मीको उपस्थिति थियो। प्रदर्शनपछि दर्शकले फिल्मको कथा, अभिनय र प्राविधिक पक्षबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। केही दर्शक भावुक बनेका थिए। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको कथा, अभिनय र …
Read More »दशकपछि सुदर्शन–प्रदीपको सहकार्य, नायिकामा सनिशाको चर्चा
काठमाडौं । निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘शुभ विवाह’ निर्माणको तयारी गरेका छन्। ‘प्रेमगीत’पछि सुदर्शन र प्रदीपले पुनः सहकार्य गर्न लागेका हुन्। भदौ देखि छायांकन सुरु गर्ने तयारी रहेको फिल्ममा प्रदीपको जोडीबारे निर्माण पक्षले औपचारिक जानकारी दिएको छैन। स्रोतका अनुसार …
Read More »बेगम नेपाली ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकामा
काठमाडौँ। ‘भटभटे माइला’ पात्रबाट परिचित कमेडियन बेगम नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन यही सातादेखि सुरु गर्ने तयारी छ। रघुनाथ सापकोटा निर्माता रहेको फिल्म पूर्ण …
Read More »‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, हल्दी समारोहमा देखिए मुख्य कलाकार
काठमाडौँ। भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारलाई विवाहअघिको हल्दी समारोहमा देखाइएको छ। पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह पनि पोस्टरमा अटाएका छन्। हल्दी समारोहको दृश्यमा …
Read More »
News Filmy Newsportal / Nepal
