news filmy

सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु

काठमाडौं । निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ। मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो। एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको फिल्मको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको …

Read More »

‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त, बुधबारदेखि छायांकन

  काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेको हो। कार्यक्रममा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित फिल्मका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो। निर्देशक चौहानका अनुसार फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुनेछ। ३५ …

Read More »

‘टनेल २६’को ट्रेलर सार्वजनिक, असोज २३ देखि नेपाल र भुटानमा प्रदर्शन

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। डिजास्टर जनरामा निर्माण भएको फिल्म आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा …

Read More »

‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा प्रदर्शन हुने

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मको ट्रेलर …

Read More »

पावरप्याक एक्सनले भरिएको ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता निखिल उप्रेतीको आगामी फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गते प्रदर्शनमा आउने फिल्मको साढे तीन मिनेट लामो ट्रेलर शनिबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको पावरप्याक एक्सन र परिष्कृत एक्सन कोरियोग्राफीलाई ट्रेलरले थप विस्तार …

Read More »

दयाहाङको नयाँ फिल्म ‘बुकी फूल’को शुभमुहूर्त

काठमाडौं । गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन र परम्परालाई कथावस्तु बनाउँदै नयाँ नेपाली फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार शुभमुहूर्त गर्दै फिल्मको निर्माण सुरु गरिएको हो। बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा गुरुङ समुदायको ऐतिहासिक, …

Read More »

एक्सन किङ निखिलको रोमान्टिक अवतार, ‘आचार्य’को ‘लै बरी लै’ सार्वजनिक

काठमाडौं । एक्सन किङ निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन्। टिजर र फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको ‘आचार्य’को गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको चासो थप बढ्ने अपेक्षा गरिएको छ। एक्सन अवतारमा …

Read More »

‘झिंगे दाउ २’को गीतमा लाग्यो दशैं, ‘ए माया नजिकै सर’ सार्वजनिक

 काठमाडौं । आगामी  असोज २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा दशैंको झल्को देखाइएको छ। यसअघि फिल्मको ‘जेठानी–देउरानी’ बोलको तीज गीतले चर्चा पाइरहेका बेला निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको हो। ‘ए माया नजिकै …

Read More »

‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक झगडा र आमाको ममताको कथा

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई समेटिएको ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउने अपेक्षा गरिएको छ । कपनगढी सिनेमा …

Read More »

‘मन बिनाको धन–२’को काठमाडौं छायांकन सकियो, अब मुस्ताङमा सुटिङ

काठमाडौं  । निर्देशक टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनिरहेको फिल्म ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। भदौ ४ गतेदेखि सुरु भएको छायांकन २४ दिनमा सकिएको हो। भदौ ३ गते शुभमुहूर्त गरिएको फिल्मको काठमाडौं चरणको छायांकन सकिएसँगै निर्माण टोली मुस्ताङ जाने तयारीमा जुटेको छ। केही दिनपछि …

Read More »