News & Gossip

‘द ब्लू लाइट’ मा सृष्टिको नेगेटिभ अवतार, अर्पण भन्छन्– ‘यस्तो फिल्म सधैँ बन्दैन’

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ । बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको …

Read More »

‘आ बाट आमा’को टिम प्रचारप्रसारमा लागि पोखरा

काठमाडौँ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार सहित पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो। पोखरा पुगेका विपना थापा,पल शाह,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेलकासाथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन्। पोखरा …

Read More »

फिल्म ‘फ्रेन्च किस’को शुभमुहूर्त सम्पन्न

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो …

Read More »

फिल्म ‘कुमारी’को ओभरसिज अधिकार बिक्री, चार देशमा रिलिज पक्का

काठमाडौं । यहि माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन …

Read More »

‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक

काठमाडौं । सुदिप्ताको डेब्यु निर्देशन फिल्म ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोकाको कथालाई प्रस्तुत गरेको छ। ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ। फिल्मकी निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’ लाई लभस्टोरीभन्दा पनि ब्रेकअप स्टोरीका रूपमा दर्शकमाझ चिनाउन चाहेको बताइन्। …

Read More »

‘पाँच पाण्डव’मा डल्बी एट्मस साउन्ड, दर्शकले पाउनेछन् नयाँ साउन्ड अनुभव

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले हालै नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।   ‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो नेपाली फिल्म बन्ने …

Read More »

दश हजार दर्शकमाझ ‘कुमारी’ फिल्मको ट्रेलर भव्य रूपमा सार्वजनिक

काठमाडौं। माघ २३ गते रिलिज हुने वर्षकै बहुप्रतीक्षित नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’को ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम नेपाली फिल्म इतिहासमै ट्रेलर सार्वजनिक गर्ने सबैभन्दा ठूलो र ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित भएको छ। खुला आकाशमुनि हजारौँ …

Read More »

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। फिल्मको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले …

Read More »

चोभारमा पूजा शर्माको आइटम डान्ससँगै फिल्म ‘कल्ली’को छायांकन सम्पन्न्न

काठमाडौं। आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’ को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन पूरा भएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । नायिका पूजा शर्माको आइटम डान्स दुई दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए …

Read More »

अर्पण थापाको निर्देशनमा फिल्म ‘फ्रेन्च किस’ निर्माण घोषणा, कमलादीमा शुभमुहूर्त

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा अर्थात् वसन्तपञ्चमीको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणा तथा शुभमुहूर्त गरिएको हो । नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण …

Read More »