News & Gossip

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं । यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे सरोकार राख्न आस्था-फेथले भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ । पछिल्लो दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको संस्था ‘आस्था-फेथ’की कार्यकारी प्रमुख रिना लामाले …

Read More »

काँकडभिट्टाबाट सुरु भयो ‘पाँच पाण्डव’ को छायांकन

काठमाडौं । काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो। क्यामेरा पूजा गरेर छायांकन थालिएको फिल्मको पहिलो दिनको तालिकामा मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो। फिल्ममा हरिवंश आचार्य, जितु …

Read More »

‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक

काठमाडौं। आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न …

Read More »

‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ। आगामी नयाँ वर्ष अर्थात् २०८२ वैशाख १ गतेलाई प्रदर्शन मिति तोक्दै निर्माण पक्षले फिल्मको विषयवस्तु समेटिएको टिजर बाहिर ल्याएको हो। ​सार्वजनिक गरिएको टिजरमा पहाडी ग्रामीण जनजीवन र त्यहाँबाट वैदेशिक रोजगारीका लागि भइरहेको युवा …

Read More »

फिल्म ‘लालीबजार’को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र समाइराको नृत्य आकर्षण

काठमाडौ। फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको गीत शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ र डेब्यू कलाकार विशाल देवकोटा फिचर्ड छन्। प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतमा …

Read More »

‘राम नाम सत्य’को टिजर सार्वजनिक

काठमाडौं । एक्सन, सस्पेन्स र थ्रिलर मिश्रित फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले टिजरमार्फत दिवंगत अभिनेता सुनिल थापा प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । फिल्मको क्लाइमेक्स दृश्य छायांकन भइरहेका बेला अभिनेता थापाको निधन भएपछि यो फिल्म उनलाई समर्पित गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक …

Read More »

यौन व्यवसायीको कथामा आधारित फिल्म ‘लालिमा’को अग्रिम टिकट बिक्री खुला

काठमाडौं । यही शुक्रबार अर्थात् फागुन २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशभरका सिनेमा घरहरूले बिहीबारदेखि फिल्मको अग्रिम टिकट बिक्री सुरु गरेका हुन्। प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि फिल्मले देशभरबाट ६० भन्दा बढी शो पाएको बताइएको छ। निर्वाचनपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म पनि …

Read More »

फिल्म ‘कमला मिस’को छायांकन सम्पन्न

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कमला मिस’को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरु गरिएको यस फिल्मको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन)का अनुसार फिल्मको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा निर्वाचनका …

Read More »

अपराध र बदलाको कथामा नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ : मुहूर्तसँगै छायांकन सुरु

काठमाडौं। अपराध र बदलाको कथामा आधारित नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ। मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्त पूजा गरी फिल्मको औपचारिक घोषणा गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ। निर्माण टिमले काठमाडौं आसपासका क्षेत्रमा करिब ४० दिन छायांकन गर्ने योजना बनाएको छ। साहिबा फिल्मस् प्रोडक्सनको …

Read More »

‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

काठमाडौं । रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु भएको छ। गत फागुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्मको सोमबार काठमाडौंको Shivapuri National Parkस्थित रोयल ट्युलिप क्षेत्रमा सुटिङ सुरु गरिएको हो। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखा झण्डै आठ …

Read More »