काठमाडौं। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष रौनक थपेको …
Read More »News & Gossip
निर शाहको निर्देशनमा पुनरागमन, ‘कमला मिस’को फस्टलुक सार्वजनिक
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अनुभवी निर्देशक निर शाहले नयाँ फिल्म ‘कमला मिस’मार्फत निर्देशनमा पुनरागमन गरेका छन् । साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ । पोस्टरले …
Read More »अशोक थापा मगर निर्देशित ‘जलाकी’को छायांकन सम्पन्न
काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य छायांकन गर्दै फिल्मको ३९ दिने छायांकन सम्पन्न भएको निर्माण टिमले जनाएको छ । शनिबार पोखरामै गीतको दृश्य खिचिएको थियो, जहाँ फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । …
Read More »ग्रामीण कथामा बनेको ‘गौँथली’को पोस्टर सार्वजनिक
काठमाडौं । फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई केन्द्रमा राखिएको छ । एउटा पोस्टरमा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् भने अर्को पोस्टरमा सिम्रन एक्लै फिचर्ड छिन् । पहिलो …
Read More »नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरेकी छन् । निर्माणपक्षले शुक्रबार एक कार्यक्रम गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरूले दर्शकमाझ ठूलो कौतुहलता पैदा गरेका छन् । पोस्टरमा नीतालाई फरक र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको छ । एक पोस्टरमा उनी …
Read More »बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’को ट्रेलर सार्वजनिक
काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारमा व्यस्त निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बालमनोविज्ञानलाई मुख्य विषय बनाइएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना र अर्कोतर्फ छोराको आफ्नै रुचिबीचको द्वन्द्वलाई ट्रेलरले प्रस्तुत गरेको छ । …
Read More »ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायांकन सुरु गरेको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट छायांकन सुरु गरिएको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए । फिल्म ३५ …
Read More »हिमालय टिभीमा राजेश हमालको शो आजदेखि साप्ताहिक प्रसारण
काठमाडौँ । अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली सिजन २’ आज (बुधबार)देखि प्रसारण हुने भएको छ । कार्यक्रम साप्ताहिक रूपमा साँझ ८ बजेर ३० मिनेटमा हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । कार्यक्रमलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’मार्फत पनि हेर्न सकिने जनाइएको छ । कार्यक्रममा हमालले विदेशी भूमिमा …
Read More »‘मन विनाको धन २’मा महेश त्रिपाठी अनुबन्धित
काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् । फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन । पारिवारिक तथा सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने जनाइएको छ । यसअघि फिल्ममा …
Read More »अम्बिका तामाङ र विवेक कार्कीको अभिनयमा ‘हिँड मसँगै’ सार्वजनिक
काठमाडौं । गायक मार्मिक लामाको स्वरमा नयाँ गीत ‘हिँड मसँगै’ सार्वजनिक गरिएको छ । सोमबार मार्मिक लामाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत पनि मार्मिक लामाकै रहेको छ । यसअघि सार्वजनिक गीत ‘फुल बुटे सारी’ले दर्शकबाट राम्रो माया पाएको थियो । सोही सफलतापछि नयाँ गीतलाई …
Read More »
News Filmy Newsportal / Nepal
