काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। गीतमा र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा को संगीत रहेको छ।
आमाप्रतिको सम्मान र वृद्धाश्रममा बस्न बाध्य भएका आमाबाबुको यथार्थलाई समेटिएको गीतले फिल्मको भाव र कथावस्तुको संकेत गर्छ। भिडियोमा अतिथि कलाकार र सँगै , हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह फिचर्ड छन्।
निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’को सफलतापछि यसको सिक्वेलका रूपमा तयार भएको ‘झिंगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपालभर फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ।
News Filmy Newsportal / Nepal