News & Gossip

फिल्म ‘टिका’को छायांकन सुरु

काठमाडौं। निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को छायांकन सुरु भएको छ । कास्कीको पामे गाउँबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ। फिल्मको ४० दिने छायांकन तालिका तय गरिएको छ । कास्कीमा ३० दिन छायांकन गरिनेछ भने बाँकी दृश्य काठमाडौंलगायतका स्थानमा खिचिनेछन् । महिलाप्रधान कथावस्तुमा आधारित फिल्ममा महेश त्रिपाठी, प्रियंका …

Read More »

भैरहवामा सञ्चालनमा आयो अत्याधुनिक आईएनआई सिनेमाज

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ। शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली फिल्म उद्योगले घरेलु बजार विस्तार र नयाँ दर्शक आकर्षित गर्ने प्रयास गरिरहेका बेला देशका …

Read More »

‘न्याय मिल्ने विश्वास बोकेर फर्किएको छु’ : धुर्मुस

काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल अमेरिका बसाइँपछि नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि फाइल बोकेर उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले न्यायको अपेक्षासहित मातृभूमि फर्किएको बताएका छन् । फेसबुकमार्फत उनले लेखेका छन्, “न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल …

Read More »

‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

काठमाडौं । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको हो । निर्देशक माओत्से गुरुङले फिल्मको कुनै …

Read More »

विपिन कार्कीले निर्माण गर्ने फिल्म निर्देशन गर्दै विजयकुमार

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशन तथा पटकथा लेखन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् ।   हालसम्म नाम सार्वजनिक नगरिएको फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले विजयकुमारसँगको तस्बिर सार्वजनिक गर्दै आगामी सहकार्यप्रति उत्साह व्यक्त …

Read More »

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ को अडिसन जेठ २३ गते

काठमाडौं। महिला सशक्तीकरण, नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ आयोजना हुने भएको छ। समारी इन्टरनेशनल इभेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताको अडिसन आगामी जेठ २३ गते शनिबार आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अविवाहित महिलाले ‘मिस’ तथा विवाहित महिला, एकल …

Read More »

गायक पशुपति शर्माको फिल्म अभिनयमा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा अनुबन्धित

काठमाडौं । लोक तथा दोहोरी संगीतका चर्चित गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कथानक फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएका हुन् । निर्माण टिमका अनुसार शर्मा केही महिनाअघि नै फिल्ममा आबद्ध भए पनि बिहीबार मात्रै उनको कास्टिङबारे औपचारिक …

Read More »

हङकङमा हुने भयो नेपाली फिल्म ‘जोर ढुंगा’को ग्राण्ड प्रिमियर

काठमाडौं। युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो । यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार …

Read More »

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको हलमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक फिल्म, लघु फिल्म, वृत्तचित्र र एआई–निर्मित वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सव निर्देशक सागर केरुङका अनुसार …

Read More »

पल शाह–अस्मिता जुरेलीको रोमान्स देखिएको ‘कुरो बुझेसी’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलकै छ । गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) र एमडी बाल्टिमोरमा गरिएको हो । गीतको भिडियोमा …

Read More »