सम्राज्ञीसहित ‘एक्का मिस्सी बादशाह’ घोषणा, सञ्जय राईले निर्देशन गर्ने

काठमाडौं। सञ्जय राईको निर्देशनमा बन्ने फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।

फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनी ‘आश’ पात्रका रूपमा देखिनेछिन्। केही समयपछि नयाँ फिल्ममा फर्किएकी सम्राज्ञीले आफूलाई मनपरेको पात्र भएकाले फिल्ममा काम गर्न सहमत भएको बताइन्। उनका अनुसार उनको भूमिका साहसी, बोल्ड र फरक प्रकृतिको छ।

निर्देशक राईले फिल्म अहिलेको युवापुस्ताको प्रेम, मित्रता, सामाजिक सञ्जाल र जीवनका उतारचढावमा केन्द्रित रहेको बताए। फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने फिल्मको छायांकन आगामी फागुनदेखि सुरु हुनेछ। निर्माण टिमले ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि अडिसन खुला गरिएको जनाएको छ।

Leave a Reply