काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले बुवाको त्याग, परिवारमाथि आइपर्ने विपत्ति र त्यसले निम्त्याउने भावनात्मक संघर्षलाई केन्द्रमा राखेको संकेत गर्छ।
‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादबाट सुरु हुने टिजरमा मुख्य पात्र दिव्यदेव पन्तको परिवारमा आएको अप्रत्याशित घटनाको झल्को दिइएको छ। परिवार विखण्डनको कारण भने टिजरमा खुलाइएको छैन।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्दैछ।
News Filmy Newsportal / Nepal