काठमाडौं । अभिनेत्री गौरी मल्ल आगामी फिल्म ‘मनबिनाको धन २’ मा अनुबन्धित भएकी छन्। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठीलगायत कलाकार अनुबन्धित भइसकेका छन्।
फिल्ममा किरण केसी, प्रकाश घिमिरे, शंकर श्रेष्ठलगायत अनुभवी कलाकारको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ।
गौरी मल्ल पछिल्लोपटक फिल्म ‘पिताम्बर’ मा देखिएकी थिइन्। उनी फिल्म ‘पीआर’ मा क्यामियो भूमिकामा पनि देखिएकी थिइन्। पछिल्लो समय उनी टेलिभिजन कार्यक्रमहरूमा पनि सक्रिय छिन्।
निर्माण टिमका अनुसार मल्ललाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको हो। ‘मनबिनाको धन २’ टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्।
फिल्मको छायांकन भदौको पहिलो सातादेखि काठमाडौं उपत्यका र मुस्ताङमा गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal