News & Gossip

‘म हुँ सृष्टिको फक्ताङलुङ’मार्फत मौसमी मल्लको कमब्याक ( भिडियो सहित )

काठमाडौं । अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्य को स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी मल्ल नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रको रूपमा प्रस्तुत भएकी छन्। नेपालको इतिहास, संस्कृति …

Read More »

‘प्रिन्स’को दोस्रो गीत रेकर्ड, नीर शाह निर्देशित फिल्मको संगीत तयारी तीव्र

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित आगामी नेपाली फिल्म ‘प्रिन्स’ को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। निर्माण टिमका अनुसार फिल्मको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको छ। रेकर्ड गरिएको गीतमा नीर शाहको शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको छ। …

Read More »

‘मनबिनाको धन २’मा गौरी मल्ल अनुबन्धित

काठमाडौं । अभिनेत्री गौरी मल्ल आगामी फिल्म ‘मनबिनाको धन २’ मा अनुबन्धित भएकी छन्। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठीलगायत कलाकार अनुबन्धित भइसकेका छन्। फिल्ममा किरण केसी, प्रकाश घिमिरे, शंकर श्रेष्ठलगायत अनुभवी कलाकारको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ। गौरी …

Read More »

चार भाषामा बन्ने ‘बम्पर चिट्ठा’ घोषणा, अमेजन प्राइम भिडियोमार्फत विश्वभर प्रदर्शन हुने

काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई केन्द्रमा राखेर फिल्म ‘बम्पर चिट्ठा’ निर्माण हुने भएको छ। स्याडो पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर पनि सार्वजनिक गरेको छ। फिल्मको निर्देशन विक्की महर्जनले गर्नेछन्। निर्माता अमित अग्रहरि र निशा गुइदे रहेका छन्। विश्वस्तरीय …

Read More »

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण घोषणा, यही सातादेखि छायांकन

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत फिल्मको घोषणा गरिएको हो। घोषणा कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार …

Read More »

‘जदौ’को शीर्ष गीत सार्वजनिक, असोज ९ गतेदेखि प्रदर्शनमा आउने( भिडियो सहित )

काठमाडौं । आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीत हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको हो। डान्सिङ बिटमा आधारित गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा …

Read More »

‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मको प्रचारस्वरूप निर्माण टिमले साउन ११ का अवसरमा गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम …

Read More »

‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक

काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को नयाँ गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। बुबा–सन्तानको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतले विपत्तिका बेला सन्तानले बुवाप्रति व्यक्त गर्ने पीडा र भावनालाई प्रस्तुत गरेको छ। गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका …

Read More »

चार करोड बजेटमा बन्ने ‘हजारौँमा एक’, सुव्रत आचार्यले निर्देशन गर्ने

काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा बन्न लागेको फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति र उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित फिल्म …

Read More »

‘आशा’को छायांकन सुरु, माघ १ मा प्रदर्शन हुने

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुतीमा बन्न लागेको नेपाली चलचित्र ‘आशा’ को छायांकन सुरु भएको छ। एक महिने तालिका बनाएर निर्माण टोली फ्लोरमा उत्रिएको हो। पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ। निर्मात्री शर्मिला थापाका अनुसार केही दिन उपत्यकामा छायांकन गरेपछि चलचित्रको बाँकी भाग नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा खिचिनेछ। ‘हामी …

Read More »