‘बेहुली’ले ल्यायो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’

Screenshot

काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ।

शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन्।

निर्माता तथा संगीतकार अर्जुन पोखरेलले गीत फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै तयार गरिएको बताए। गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

सशान कँडेल निर्देशित फिल्मको कथा तथा पटकथा माधव शर्माले लेखेका हुन्। फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौलीलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको संयुक्त प्रस्तुतिमा बनेको फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।

Leave a Reply