कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरेका थिए । साथै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रममा गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए ।
सरिताले सन् २०२५ जुनमा स्थापना गरेको कला केन्द्रमा हाल सयभन्दा बढी बालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन् । नेपाली कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो ।
केन्द्रमा नृत्यसँगै अनुशासन, आत्मविश्वास र मञ्च प्रस्तुतिको सीपसमेत सिकाइँदै आएको छ । निकट भविष्यमा नेपाली भाषा तथा अभिनय कक्षा पनि सञ्चालन गर्ने सरिताको योजना छ ।
एनआरएनए अमेरिकाको ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
News Filmy Newsportal / Nepal