काठमाडौं । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले एनसेल पीआरबीटी र टिकटकमा प्रयोग भएका नेपाली गीतसङ्गीत बापत प्राप्त ३८ लाख रुपैयाँ रोयल्टी सर्जकहरूलाई वितरण गर्ने भएको छ ।
समाजले बुधबार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी आफ्ना सदस्य रहेका गीतकार तथा सङ्गीतकारलाई उक्त रकम वितरण गर्न लागेको हो ।
समाजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पाण्डेका अनुसार गीतका शब्द र सङ्गीतको अधिकार सम्बन्धित सर्जकमा रहने भएकाले डिजिटल प्लेटफर्ममा गीत प्रयोग भए बापत प्राप्त रोयल्टी उनीहरूलाई उपलब्ध गराउन लागिएको हो ।
रोयल्टी प्राप्त गर्न इच्छुक सर्जकले आफ्नो सिर्जनाको अधिकार पुष्टि हुने आवश्यक कागजातसहित समाजमा सम्पर्क गर्नुपर्ने पाण्डेले बताएका छन् ।
News Filmy Newsportal / Nepal
