दयाहाङ राई अभिनीत ‘बुकी फूल’को छायांकन सम्पन्न

काठमाण्डौँ ।अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको ऐतिहासिक कथामा आधारित फिल्म ‘बुकी फूल’को छायांकन सम्पन्न भएको छ। मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै फिल्मको इन्डक्ल्याप गरिएको हो। फिल्मको छायांकन सुसान प्रजापतिको रहेको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भएको फिल्मलाई ओमप्रकाश गुरुङले निर्देशन गरेका हुन्। गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित फिल्मबाट संस्कृति गुरुङले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्।

अभियान फिल्म्स प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। निर्माण पक्षका अनुसार अब फिल्मको सम्पादन कार्य सुरु गरिनेछ।

Leave a Reply