ट्रेलरमा हरिवंश आचार्य मुख्य केन्द्रमा छन् । युधिष्ठिरको भूमिकामा देखिएका उनी आफ्ना दुःखी भाइहरूको अवस्था सुधार्न पृथ्वीलोक आइपुगेको देखिन्छ । भीम, अर्जुन र सहदेव नाम दिएर चार भाइ बनाएका हरिवंश उनीहरूलाई विभिन्न समस्याबाट मुक्त गराउन संघर्षरत छन् ।
समाजमा व्याप्त अन्याय, हिंसा, विकृति र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । समस्यामा परेकाहरूको उद्धार गर्दै सभ्य समाज निर्माण गर्ने हरिवंशको प्रयास ट्रेलरको मुख्य आकर्षण बनेको छ ।
महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक सुशील पौडेलले बताएका छन् । उनले फिल्मलाई सोसल ड्रामा विधाको कथा भनेका छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको फिल्म आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । हेर्नुस ट्रेलर
News Filmy Newsportal / Nepal
