News & Gossip

‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक ‘जुनी भर’ बोलको रोमान्तिक गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको केमेस्ट्री देखिएको छ। गीतको भिडियोमा विनयले आनालाई फकाउन गरिरहेको संघर्ष र उनीहरूबीचको प्रेमको सुरुआती झल्कोलाई प्रस्तुत गरिएको …

Read More »

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘गोबर गणेश’, दुई दिनमै २१ लाख भ्युज

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आइपुगेको छ। शुक्रबार रिलिज गरिएको ट्रेलर दुई दिनमै २१ लाख भन्दा बढी पटक हेरिएपछि ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो। आमा–छोराको भावनात्मक सम्बन्ध र सहरमा एउटा युवकले गर्ने संघर्षको कथा समेटिएको ट्रेलरलाई दर्शकले …

Read More »

गरिमा शर्मा फिचर्ड ७५ लाखको हिन्दी म्युजिक भिडियोमा के छ ?

काठमाडौं । अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ । शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै बस्दै आएका …

Read More »

राजनीतिक विकृति र जनआवाजको कथा बोकेको ‘बिगुल’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘बिगुल’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइरालाको निर्देशनमा बनेको करिब तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीचको वैचारिक मतभेद र निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलबाडलाई प्रभावकारी रूपमा …

Read More »

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा रेकर्ड

काठमाडौँ । विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।   रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै …

Read More »

१२ वर्षपछि प्रवीण श्रेष्ठको कमब्याक फिल्म ‘बब डाई’को छायांकन सकियो

काठमाडौं । फिल्म ‘मोक्ष’पछि १२ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका प्रवीण श्रेष्ठको नयाँ फिल्म ‘बब डाई’को छायांकन सम्पन्न भएको छ । बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै ४२ दिनमा फिल्मको सम्पूर्ण छायांकन पूरा गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन कीर्तिपुरसँगै चन्द्रागिरी क्षेत्रमा गरिएको हो । स्क्रिप्टअनुसारका सबै दृश्य खिचिसकिए पनि …

Read More »

फिल्म ‘बम बिहारी’ को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । नयाँ फिल्म ‘बम बिहारी’ को बुधबार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायांकन समेत प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ । डीएमएस मल्लको निर्देशन रहने यस फिल्मको छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थान र नेपालगन्जमा गरिनेछ । फिल्मको कथावस्तु नेपाली आमा र भारतीय बाबुको …

Read More »

फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक: सहरमा सपना खोज्ने युवाको संघर्ष

काठमाडौं । माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएर जीवन बदल्न गरेको कठिन संघर्षको कथा भन्छ। गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं …

Read More »

‘प्रतिवैरम’ को एक्सन टिजर सार्वजनिक

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा १ मिनेट २९ सेकेन्ड लामो एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको टिजरले मधेसमा हुने अपराध, सामाजिक संरचना र पारिवारिक सम्बन्धको झल्को दिन्छ । टिजरमा दाइजो …

Read More »

‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा

काठमाडौँ । नेपाली फिल्म ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चा पाएको फिल्मले एक्सन, ड्रामा र भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति र प्राविधिक पक्षमा नयाँपन ल्याउने निर्माण …

Read More »