‘लज्जावती’को छायांकन सकियो, साउन २९ मा प्रदर्शन हुने

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । गत साता धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य छायांकन गर्दै निर्माण टिमले फिल्मको इन्डक्ल्याप गरेको हो ।

छायांकन सम्पन्न भएसँगै फिल्म आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ । हालसम्म उक्त मितिमा कुनै नेपाली फिल्मले प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ले एकल प्रदर्शनको अवसर पाउने अपेक्षा निर्माण टिमको छ ।

आहा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेको फिल्ममा दिनेशराज बुढाथोकी कार्यकारी निर्माता छन् ।

फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरि खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ ।

दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।फिल्मलाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

Leave a Reply