पल शाह–अस्मिता जुरेलीको रोमान्स देखिएको ‘कुरो बुझेसी’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ ।

सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलकै छ । गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) र एमडी बाल्टिमोरमा गरिएको हो ।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडल अस्मिता जुरेली फिचर्ड छन् । सार्वजनिक भिडियोमा उनीहरूको रोमान्टिक केमिस्ट्री र नृत्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेम कथामा आधारित गीतले एकअर्कालाई बुझिसकेपछिको भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ ।

अमितकुमार चन्द निर्माता रहेको भिडियोको निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा सञ्जय विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ ।

कलाकारहरूको पहिरन अनुस्का डीसी (आश्री क्रिएसन) ले तयार पारेकी हुन् भने मेकअप सीता मगरले गरेकी छन् ।

‘कुरो बुझेसी’ गीत पल शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply