बालबालिकाका लागि ‘म पनि Actor’ अभिनय प्रतियोगिता आयोजना गर्दै सर्वनाम थिएटर

काठमाडौँ। सर्वनाम थिएटरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ।

 

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदनमध्ये ३० जना प्रतियोगी छनोट गरिनेछन्। उनीहरूले काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुति दिने अवसर पाउनेछन्।

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट पाँच जनालाई सर्वनाम थिएटरले सञ्चालन गर्ने तीनमहिने अभिनय प्रशिक्षण निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ।

 

आवेदन दिने अन्तिम मिति अगस्ट १० तोकिएको छ। आवेदन अनलाइनमार्फत गर्न सकिनेछ।

 

२०३९ सालमा स्थापित सर्वनाम थिएटर नेपाली रंगमञ्चको पुरानो संस्थामध्ये एक हो। संस्थाले नाटक मञ्चन, अभिनय प्रशिक्षण तथा नयाँ कलाकार उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ।

Leave a Reply