काठमाडौं । निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘शुभ विवाह’ निर्माणको तयारी गरेका छन्। ‘प्रेमगीत’पछि सुदर्शन र प्रदीपले पुनः सहकार्य गर्न लागेका हुन्।
भदौ देखि छायांकन सुरु गर्ने तयारी रहेको फिल्ममा प्रदीपको जोडीबारे निर्माण पक्षले औपचारिक जानकारी दिएको छैन। स्रोतका अनुसार प्रदीपको जोडीका रूपमा अभिनेत्री सनिशा भट्टराई अनुबन्ध भएकी छन्। उनीसँग लिखित सम्झौता भइसकेको जनाइएको छ। यद्यपि, निर्माण पक्षले यसबारे औपचारिक पुष्टि गरेको छैन।
म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी सनिशाले फिल्म ‘१२ गाउँ’ बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। ‘शुभ विवाह’ उनको पाँचौँ फिल्म हुने जनाइएको छ।
प्रियदर्शन फिल्मसको ब्यानरमा सुप्रिया कटुुवालले निर्माण हुन लागेको शुुभ विवाह आगामी फागुन २१ गते प्रदर्शन हुनेछ। सोही मितिमा अभिनेत्री पूजा शर्माको लगानी तथा अभिनय रहने फिल्म ‘रत्यौली’ पनि प्रदर्शनमा आउने तयारीमा छ। ‘रावायण’पछि अलग भएका सुदर्शन थापा र पूजा शर्माका फिल्म पहिलोपटक बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएका छन्।
News Filmy Newsportal / Nepal