काठमाडौं । भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक गरिएको छ। दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका वविना किरातीले पनि स्वर दिएकी छन्।
दुर्गेशले यो गीत अभिनेत्री तथा निर्माता प्रियंका कार्कीलाई उपहारस्वरूप फिल्मको प्रचारका लागि दिएका हुन्।
प्रदीप लामाको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देलको अभिनय रहेको छ। भिडियोको छायांकन, सम्पादन तथा कलर ग्रेडिङ पवन सुस्लिङले गरेका छन्।
आयंका फिल्म्सको प्रस्तुतिमा बनेको ‘मास्टर्नी’ का निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की रहेका छन्।
फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुपविक्रम शाही, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। प्रियंका कार्कीको कथामा आधारित फिल्मको पटकथा तथा संवाद शान थापाले लेखेका हुन्।
News Filmy Newsportal / Nepal