काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू …
Read More »Film
फिल्म ‘कुमारी’को विशाल प्रवर्द्धन: धरानको ८ तल्ले भवनमा नेपालकै ठुलो पोस्टर
काठमाडौं । आगामी माघ २३ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी फिल्मको होर्डिङ बोर्ड राखिएको हो। ४० बाई ८० फिट (३२०० स्क्वायर फिट) क्षेत्रफलको उक्त पोस्टर छपाइमै करिब …
Read More »शान र सलिनाको स्वरमा तयार भएको रोमान्टिक गीत ‘संगी’ सार्वजनिक
काठमाडौं। गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानको नै संगीतमा तयार भएको गीतको गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् । गीतको अडियो निकै कर्णप्रिय रहेको छ। गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठ फिचर रहेका …
Read More »‘मिरमिरे’ भावनालाई संयमित ढंगले देखाउने फिल्म हो : दयाहाङ राई
काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्। छोरीसँग आफ्ना मुख्य कुरा लुकाएर छोरीका अगाडि खुसी देखिने बुवाको भावनात्मक पक्षलाई ‘मिरमिरे’ले प्रस्तुत गर्ने दयाहाङको भनाइ छ। भित्रको भावनालाई कसरी संयमित ढंगले देखाउन सकिन्छ भन्नेमा आफू फिल्ममा केन्द्रित …
Read More »‘युएनए डिजिटल’ ओटीटी लन्च, फेब्रुअरी १ देखि कन्टेन्ट प्रसारण
काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को औपचारिक शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी प्लेटफर्मको उद्घाटन गरेका हुन्। शुभारम्भसँगै अब हलमा नदेखिएका फिल्म, सिरिज तथा अन्य कन्टेन्ट ओटीटीमार्फत हेर्न सकिने व्यवस्था सुरु …
Read More »गोबर गणेश’ प्रचारमा बल्छी धुर्वे, दिग्गज कलाकारसँग भेटघाट
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाएको छ। विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूलाई भेटेर फिल्मबारे जानकारी गराउने र आशीर्वाद लिने काममा …
Read More »‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन
काठमाडौं। नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। भारतभर ४० हलमा रिलिज भएको फिल्म हाल ६ वटा हलमा ५१ दिनदेखि निरन्तर प्रदर्शनमा रहेको निर्माण पक्षले जनाएको छ। ५१ दिनसम्म लगातार चलेका हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र …
Read More »चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने
काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म कुमारी’को प्रवर्द्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ आयोजना गरिने भएको छ। यस कन्सर्ट टुरको ट्रेलर बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका …
Read More »‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’आयो नेवारी भर्सनमा
काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ। निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन्। यो गीतलाई युटुबमा …
Read More »‘किन लाग्छ माया’को ‘धौले संसार’ गीत रिलिज
काठमाडौं। फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो ।कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र …
Read More »
News Filmy Newsportal / Nepal
