काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् ।
फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन । पारिवारिक तथा सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने जनाइएको छ ।
यसअघि फिल्ममा अभिनेत्री पूजा शर्मा अनुबन्धित भइसकेकी छन् । पूजा र महेशको जोडी रहने वा नरहने विषयमा भने निर्माण पक्ष मौन छ ।
फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंक बुढाथोकीकै रहनेछ ।
निर्देशक बुढाथोकीले फिल्ममा दर्शकमाझ लोकप्रिय कलाकारलाई समेट्ने तयारी भइरहेको बताएका छन् । टंक बुढाथोकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मकी निर्माता विष्णुमाया मैनाली हुन् ।
News Filmy Newsportal / Nepal