ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायांकन सुरु गरेको हो ।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट छायांकन सुरु गरिएको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए ।

फिल्म ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् ।

अभिनेता विजय बराल र अञ्जना बराइलीले ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो filmमार्फत दोस्रोपटक सहकार्य गरेका हुन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । उक्त फिल्म नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्म बनेको थियो ।

‘पूर्णबहादुरको सारङ्गी’मार्फत सरोज पौडेलले आफूलाई ‘ब्लकबस्टर निर्देशक’का रूपमा स्थापित गरेका थिए । अहिले उनले त्यही सफल टिमलाई लिएर ‘सिन्दुरे जात्रा’को छायांकन सुरु गरेका हुन् । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्देशक पौडेलले बताएका छन् ।

फिल्मको लेखन पनि निर्देशक पौडेल स्वयंले गरेका हुन् । आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

Leave a Reply