Film

माघ १० मा भृकुटीमण्डपमा ‘कुमारी’को भव्य साङ्गीतिक कार्यक्रम, ट्रेलर पनि सार्वजनिक हुने

काठमाडौं । माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’ले प्रचार प्रसारलाई आक्रामक र साङ्गीतिक बनाउँदै अघि बढाएको छ। निर्माण टोलीले देशका प्रमुख सहरहरूमा साङ्गीतिक कार्यक्रम गर्दै दर्शकसँग जोडिने रणनीति अपनाएको छ। निर्माण टिमले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला …

Read More »

‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता पल शाह अभिनित नेपाली फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा रिलिज गरेको हो। ट्रेलरले नेपालको पछिल्लो समसामयिक यथार्थलाई केन्द्रमा राख्दै देशमै अवसर नपाएर विदेशिन बाध्य भएका युवाको कथा प्रस्तुत गर्छ। …

Read More »

फागुन १ मा आउँदै ‘श्री बुकुरो’, स्केच पोस्टरमार्फत प्रदर्शन मिति घोषणा

काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको नयाँ फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार फिल्मको आकर्षक स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। निर्देशक सिंह यसै फिल्ममार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ …

Read More »

पोखराको हल्लनचोकमा ‘कुमारी’ को रौनक: ७ हजार दर्शकमाझ अभिषेक र आकृतिको नृत्य

काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ को सांगीतिक यात्रा शनिबार साँझ पर्यटकीय नगरी पोखरा आइपुगेको छ। नेपालगन्जबाट सुरु भएको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ को दोस्रो गन्तव्यका रूपमा पोखराको हल्लनचोकमा भव्य कार्यक्रम सम्पन्न भएको हो। कन्सर्टमा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको …

Read More »

१४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु 

काठमाडौं। काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डको प्रांगनमा शुक्रवारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुक्रवार संयुक्त रूपमा गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना …

Read More »

र्‍यापर कुशल पोखरेलको ‘रमिताको पिरती’को गीत ‘फोन नगर’ सार्वजनिक

काठमाडौं। गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ को प्रवर्द्धन गर्ने …

Read More »

दुई दिनमै फिल्म ‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीतले युट्युबमा गर्यो रेकर्ड ब्रेक

काठमाडौं। युटुबमा रिलिज भएको दुई दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’२३ लाखभन्दा बढि भ्युज कमाएको छ। माघ १ गते रिलिज भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २३ लाख १५ हजार भन्दा बडि भ्युज पाइसकेको छ। पछिल्लो समय फिल्मका गीतले खासै दर्शक कमाउन नसकिरहेको …

Read More »

फिल्म ‘शिवांश’को ‘बैंश भुसुक्कै’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत ‘बैंश भुसुक्कै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको गीतमा संगीत स्वयं राजनराजले भरेका छन् । लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली …

Read More »

‘द ब्ल्यू लाइट’ को ट्रेलरमा आयुष्मान र बेनिशाको बदलाको कथा

काठमाडौं । साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम मलमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको झलक सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र बदलाको त्रिकोणात्मक कथालाई प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि ट्रेलर अघि बढ्दै जाँदा पात्रहरूबीचको …

Read More »

नेपालगन्जमा फिल्म ‘कुमारी’को भव्य साङ्गीतिक कन्सर्ट

काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा भव्य सांगीतिक कन्सर्ट सम्पन्न गरेको छ। फिल्मको प्रचारप्रसारका लागि आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ मा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। होटल स्टार लाइटको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू अभिषेक …

Read More »