फिल्म ‘टिका’को छायांकन सुरु

काठमाडौं। निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को छायांकन सुरु भएको छ । कास्कीको पामे गाउँबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ।

फिल्मको ४० दिने छायांकन तालिका तय गरिएको छ । कास्कीमा ३० दिन छायांकन गरिनेछ भने बाँकी दृश्य काठमाडौंलगायतका स्थानमा खिचिनेछन् ।

महिलाप्रधान कथावस्तुमा आधारित फिल्ममा महेश त्रिपाठी, प्रियंका कार्की, वर्षा शिवाकोटी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकाललगायत कलाकारको अभिनय रहनेछ ।

भविष्य फिल्म्स र थर्ड आई आर्ट्सको संयुक्त ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी हुन् ।

आगामी भदौ २६ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको निर्देशन शंकर कार्कीले गरिरहेका छन् । फिल्मको कथा शंकर कार्की र चन्दन झाले लेखेका हुन् भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा)ले सम्हालेका छन् ।

नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ ।

Leave a Reply