Film

‘यानीमाया’को छायांकनसँगै ६ देशमा बिक्री भयो प्रदर्शन अधिकार

काठमाडौं । नायक पल शाहको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भएको हो। अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको र ती देशको अधिकारसमेत चाँडै टुंगो लाग्ने …

Read More »

३५ दिनमा फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न

काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली कथानक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। सोमबार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो। निर्माता बोगटीले फिल्मको सबै छायांकन सकिएको जानकारी दिँदै अब सम्पादनको काम तत्काल सुरु हुने बताएका छन्। फिल्म यसै वर्ष रिलिज …

Read More »

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

काठमाडौं। रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ। तीजको अवसरलाई लक्षित गरेर सार्वजनिक गरिएको लोक फ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति पर्वभन्दा पनि देखासिकी गर्ने माध्यम …

Read More »

वर्कसप सकेर ‘युग’ भदौ दोस्रो साताबाट फ्लोरमा जाने

काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘युग’को वर्कसप सम्पन्न भएको छ। निर्माण टिमका अनुसार वर्कसप सम्पन्न भएसँगै फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ। निर्देशक कोमलनाथ खतिवडाका अनुसार कलाकारहरूको चरित्र र प्रस्तुति तयारीका लागि वर्कसप आयोजना गरिएको थियो। उनका अनुसार कलाकारको तयारीलाई अन्तिम …

Read More »

युट्युबमा ‘झिंगे दाउ’को दबदबा, दुई दिनमै २१ लाख भ्युज

काठमाडौं । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ’ले युट्युबमा आक्रामक भ्युज पाइरहेको छ। सार्वजनिक भएको दुई दिनमै फिल्मको भ्युज २१ लाख नाघेको छ। दर्शकको सकारात्मक प्रतिक्रियासहित फिल्मले डिजिटल प्लेटफर्ममा राम्रो भ्युज पाइरहेको हो। फिल्मले प्रदर्शनका क्रममा बक्स अफिसमा पनि सुखद कमाइ गरेको थियो। ‘झिंगे दाउ’ले युट्युबमा राम्रो प्रतिक्रिया …

Read More »

‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न, सगरमाथाको कथा आफ्नै दृष्टिकोणबाट

काठमाडौं । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ। शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको नेपाल प्रिमियर गरिएको हो। नेपालका विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार र दर्शकको उपस्थितिमा …

Read More »

‘बेहुली’को ‘म भईन भने’मा पारस र दिव्याको रोमान्स

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। निर्माण टिमले पहिलो गीत ‘दिलमा ठाउँ छ’ले युट्युबमा १ करोड भ्युज नजिकिँदै गर्दा दोस्रो गीत सार्वजनिक गरेको हो। सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन …

Read More »

सुहानाको नजरमा ‘बा : एक योद्धा’ फरक र इन्ट्रेस्टिङ

काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म ‘बा : एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हेर्न आग्रह गर्दै उनले यसमा दर्शकले फरकपन महसुस गर्ने बताएकी हुन्। यो फिल्म र आफूले निर्वाह गरेको पात्र आफ्ना लागि भिन्न रहेको सुहानाले बताइन्। फिल्ममा सन्तानका लागि …

Read More »

प्रदीप र सनिशाको ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सुरु भएको छ। निर्माण टिमले क्यामेरा पूजाअर्चना गर्दै पोखराबाट फिल्मको औपचारिक छायांकन सुरु गरेको हो। ४५ दिनको छायांकन तालिका तय गरिएको फिल्मका लागि कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेको छ। सोही तालिकाअनुसार आइतबारदेखि छायांकन सुरु गरिएको निर्देशक थापाले जानकारी …

Read More »

अमेरिका र अस्ट्रेलियामा ‘पार्वती’को प्रदर्शन अधिकार बिक्री

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा अमेरिका र अस्ट्रेलियाका वितरकहरूले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्।सार्वजनिक गीत, टिजर तथा प्रचारप्रसार सामग्रीका कारण विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मको माग उच्च …

Read More »