काठमाडौं । दसैँलाई लक्षित गर्दै नयाँ गीत ‘मै परे चटक्कै’ सार्वजनिक गरिएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र दसैँको उल्लासलाई समेटिएको गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
बिदुर राज गिरीको शब्द रहेको गीतमा धनबहादुर गिरी (बाबुल)को संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ। गीतमा गायिका मेलिना राई र गायक विधान कालिकोटेको स्वर रहेको छ।
गीतको भिडियोमा सरोज प्रजा, बिना राउत, रोशन तामाङ, रामहरि खड्का, पैसा घिमिरे र बद्री पुडासैनीलगायतले अभिनय गरेका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी, अजय रेग्मीको छायांकन तथा सागर बुर्जाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोका निर्माता मेघराज धिमाल हुन्।
दसैँको उमंगसँगै पारिवारिक भेटघाट र नेपाली मौलिक संस्कृतिलाई भिडियोमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। गीतको भिडियोमा नृत्य र कलाकारको अभिनयलाई पनि समेटिएको छ।
नेपाली गीत–संगीत तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गीत सार्वजनिक गरिएको निर्माण पक्षको भनाइ छ।
News Filmy Newsportal / Nepal