एक्सन किङ निखिलको रोमान्टिक अवतार, ‘आचार्य’को ‘लै बरी लै’ सार्वजनिक

Screenshot

काठमाडौं । एक्सन किङ निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन्।

टिजर र फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको ‘आचार्य’को गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको चासो थप बढ्ने अपेक्षा गरिएको छ। एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई गीतमा भने रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। एक्सनसँगै रोमान्टिक भूमिकामा समेत देखिँदै आएका निखिलको यसपटकको अवतार गीतको मुख्य आकर्षण बनेको छ।

‘आचार्य’मा निखिल र सजिनासँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी तथा पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय छ। पूर्णिकाले यही फिल्मबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन्।

फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन्। शुक्रराज शाहको एक्सन निर्देशन रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन्। फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै हो।

एक्सन, रोमान्स र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको फिल्म ‘आचार्य’ असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउदैछ । 

Leave a Reply