काठमाडौं । डि सिनेमा आर्ट र सुन्दर क्रियसनको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बिर्खे मास्टर’को शुभमुहूर्त गरिएको छ । भद्रकाली मन्दिरमा बुधबार आयोजित कार्यक्रममा कलाकार संघका अध्यक्ष उत्तम केसीले नरिवल फुटाएर फिल्मको शुभमुहूर्त गरेका हुन् ।
शुभमुहूर्तसँगै फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा शिवांशी खड्का र ईश्वर खाती मुख्य भूमिकामा छन् । सित्तल केसी, मिस्टी देउवा, मोहन भण्डारी, बिना श्रेष्ठ, रबिना कार्की, केबी पौडेल, प्रमिसा नेपाली र सिमन परियारलगायत कलाकारको पनि अभिनय रहनेछ ।
फिल्मको कथा तथा निर्देशन दिनेश घिमिरे ‘मुस्कान’ले गरेका छन् । सायरा सुनार निर्माता रहेको फिल्मको छायांकन सन्तोष सुनारले गर्नेछन् ।
फिल्मका गीतमा सुमन बिटी, पुरन बिरही, मन्जु उपासना र मनिषा लामिछानेको स्वर रहनेछ । गीतमा योगेश पानको शब्द तथा पुरन बिरही र दिनेश मुस्कानको संगीत रहने निर्माण पक्षले जनाएको छ ।
शुभमुहूर्तपछि फिल्मको छायांकनसहित अन्य निर्माण कार्य अघि बढाइनेछ ।
News Filmy Newsportal / Nepal