Film

चन्द्र पन्तको नयाँ फिल्ममा पल शाह अनुबन्धित

काठमाडौं। निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक फिल्ममा सहकार्य गर्ने भएका छन्। शुक्रबार दुवैबीच नयाँ फिल्मका लागि लिखित सम्झौता भएको हो। यसअघि पन्त र पलले ‘आ बाट आमा’ तथा यसको सिक्वेल ‘आ बाट आमा २’मा सहकार्य गरिसकेका छन्। नयाँ फिल्मको नाम भने निर्माण टिमले सार्वजनिक गरेको छैन। …

Read More »

सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा रिलिज हुने

काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। हाल छायांकनको चरणमा रहेको सिनेमाले प्रदर्शनभन्दा करिब ६ महिनाअघि नै रिलिज मिति सार्वजनिक गरेको हो। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छ। छायांकनका क्रममा अभिनेता विजय …

Read More »

मेमिसा घले र दिनेश घिमिरेको ‘एक नजर हेरतो’ सार्वजनिक

काठमाडौं। गायिका तथा मोडल मेमिसा घले र गायक दिनेश घिमिरे ‘मुस्कान’को स्वर रहेको गीत ‘एक नजर हेरतो’ सार्वजनिक भएको छ। दिनेश घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ आरिम सुनारले गरेका छन्। गीत मेमिसा घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक दिनेशका अनुसार मेमिसा बेलायतबाट नेपाल आएका …

Read More »

अञ्जु पन्तकी छोरी पारितोषिकाको फिल्ममा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा शीर्ष भूमिका

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । निर्देशक अमरदीप सापकोटाको आगामी फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी हुन् । निर्देशक सापकोटाका अनुसार पारितोषिकासँग सोमबार निर्माण टिमले औपचारिक लिखित सम्झौता गरेको छ । फिल्ममा उनी मुख्य पात्रको …

Read More »

‘अक्षरा’को तीज गीत छायांकन, भदौ २६ मा प्रदर्शन

काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरिलै’ छायांकन गरिएको छ। सोमबार काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा गीतको छायांकन गरिएको हो। छायांकनका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाइएको थियो। गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ। स्टुडियो तासमा रेकर्ड …

Read More »

प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को विदेशमा माग, अस्ट्रेलिया–न्युजिल्यान्ड अधिकार पनि बिक्री

काठमाडौं । निर्देशक तथा कथाकार माओत्से गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ। निर्माण पक्षका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका थिए। बेलायतमा सपन इन्टरटेनमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले प्रदर्शन अधिकार …

Read More »

‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो, विद्यालयहरूबीच सामूहिक अवलोकनको होड

काठमाडौं । फिल्म ‘रोल नम्बर १’ले विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सामूहिक रूपमा फिल्म देखाउन थालेपछि विद्यालयहरूबीच नै अवलोकनको होड देखिन थालेको छ । फिल्म हेरेका विद्यार्थी र शिक्षकहरूले ‘रोल नम्बर १’लाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने फिल्मका रूपमा व्याख्या गरेका …

Read More »

‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग बाँधिने जोडी

काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी फिल्म ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले आफ्नो पहिलो फिल्ममै मुख्य भूमिका हात पारेका हुन् ।   फिल्मका लागि अभिनेत्री वर्षा सिवाकोटी यसअघि नै मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन् …

Read More »

‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । ४ मिनेट ५९ सेकेन्ड लामो गीतमा सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठलगायत कलाकारहरू फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको …

Read More »

‘इलिफेन्ट्स इन द फग’ टोलीलाई चलचित्र विकास बोर्डद्वारा सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको फिल्म ‘इलिफेन्ट्स इन द फग’ को निर्माण तथा प्राविधिक टोलीलाई चलचित्र विकास बोर्डले नगदसहित सम्मान गरेको छ। बोर्डले फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद २ लाख ५० हजार रुपैयाँ, सम्मानपत्र, खादा र माला प्रदान गरेको हो। चलचित्र विकास बोर्ड …

Read More »