Film

‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने

काठमाडौं ।अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।   यसअघि साउन १ गते प्रदर्शनको तयारी गरिएको फिल्म वितरकसँगको छलफलपछि असोज २ मा सरेको निर्माण टिमले जनाएको छ। सार्वजनिक …

Read More »

साउन १ मा ‘गौँथली’, आकर्षणमा अरुण–सिम्रनको जोडी

काठमाडौं।  निर्देशक डा. कपिल रिजालको फिल्म ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काले पहिलोपटक अनस्क्रिन जोडीका रूपमा अभिनय गरेका छन्। फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। ‘महापुरुष’बाट चर्चित बनेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’बाट दर्शकमाझ परिचित सिम्रनको जोडीप्रति …

Read More »

पल शाह अभिनीत ‘आ बाट आमा २’को हङकङ राइट्स बिक्री

काठमाडौं। आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको छायाङ्कन पूरा हुनुअघि नै हङकङस्थित श्री स्वर्णिम कम्युनिकेसन प्रालिले यसको प्रदर्शन अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। हङकङ प्रदर्शन अधिकार बिक्री भएसँगै निर्माण टिम उत्साहित बनेको छ। निर्देशक चन्द्र …

Read More »

‘महाराजाधिराज’मा पूजना प्रधानको प्रवेश

काठमाडौं। निर्माणाधीन फिल्म ‘महाराजाधिराज’मा अभिनेत्री पूजना प्रधान अनुबन्धित भएकी छन्। छायांकनको मध्य चरणमा निर्माण टिमले उनलाई औपचारिक रूपमा फिल्ममा भित्र्याएको हो। सोमबार ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण पक्षले पूजनाको अनुबन्धबारे जानकारी दिएको हो। फिल्मका प्रस्तुतकर्ता विराज विष्टले उपयुक्त कलाकारको खोजीका क्रममा पूजनालाई अनुबन्ध गरिएको बताए। उनका अनुसार पूजनाको प्रवेशसँगै …

Read More »

‘तीन तिघ्रे क्या बिग्रे’बाट समिया कार्कीको फिल्ममा डेब्यु

काठमाडौं। टेलिचलचित्र ‘सीता’बाट चर्चा कमाएकी कलाकार समिया कार्की अब ठूलो पर्दामा देखिने भएकी छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन्। दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी समियाले यसै फिल्ममार्फत नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन्। मुख्य भूमिकामा अभिनय गर्ने …

Read More »

दर्शकको मागपछि ‘सेतो धरती’ पुनः मञ्चन हुने

काठमाडौं। मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’मा आधारित नाटक पुनः मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरले शुक्रबारदेखि नाटकलाई पुनः मञ्चन गर्न लागेको हो। थिएटर प्रमुख प्रकाश पुरीका अनुसार दर्शकको मागका कारण नाटक असार १६ गतेसम्म मञ्चन गरिनेछ। अभिनेत्री बेनिशा हमालको रंगमञ्च डेब्यु रहेको नाटक यसअघि वैशाख १९ गतेसम्म मञ्चन भएको …

Read More »

मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म बन्ने, महेश त्रिपाठी शीर्ष भूमिकामा

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। सोमबार आयोजित कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो। मिलन चाम्सको निर्देशन रहने फिल्म मदनकृष्णमाथि बन्न लागेको बायोपिक हो। यसअघि ‘ब्लाइन्ड रक्स’, ‘बबी’ र ‘अञ्जिला’ निर्देशन गरिसकेका चाम्सको यो चौथो बायोपिक फिल्म हुनेछ। फिल्ममा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र …

Read More »

असोज २ मा आउँदै ‘झिंगे दाउ २’, सार्वजनिक भए तीन पोस्टर

काठमाडौं। आगामी असोज २ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले फिल्मको औपचारिक प्रचार अभियान सुरु भएको जनाएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। सार्वजनिक पोस्टरहरूले फिल्मका पात्र, दशैंको …

Read More »

‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक, दिब्यदेव पन्त शीर्ष भूमिकामा

काठमाडौं। फिल्म ‘बा : एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमार्फत शीर्ष भूमिका ‘बा’मा अभिनय गर्ने कलाकारबारे जानकारी दिइएको छ। पोस्टरमा दिब्यदेव पन्त ‘बा’को भूमिकामा देखिएका छन्। सामान्य पहिरनमा झोला बोकेर हिँडिरहेका उनको पात्र तनावग्रस्त देखिन्छ। घरको भित्तामा टाँसिएको तस्बिरबाट चार सदस्यीय परिवार रहेको संकेत मिल्छ। फलैँचामा बाबु–आमा बसेको …

Read More »

दयाहाङ–मिरुना फेरि एउटै पर्दामा, ‘रातो घेरा’ निर्माण घोषणा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी पुनः ठूलो पर्दामा देखिने भएको छ। सुपरहिट सिनेमा ‘जारी’पछि यो जोडी नयाँ सिनेमा ‘रातो घेरा’मा एकसाथ देखिन लागेको हो। विश्राम फिल्म्स प्रालिले शनिबार ‘रातो घेरा’ निर्माणको औपचारिक घोषणा गरेको छ। सिनेमाको निर्देशन अनिल बुढा मगरले गर्नेछन्। निर्माण टिमका अनुसार सामाजिक …

Read More »