news filmy

रेखा थापाको फिल्ममा लिल झोलाको इन्ट्री, संगीतदेखि अभिनयसम्म सहकार्य

काठमाडौँ। जेन–जी पुस्ताका चर्चित र्‍यापर लिल झोला अभिनेत्री रेखा थापासँग नयाँ फिल्मका लागि सहकार्य गर्ने भएका छन् । रेखाले बिहीबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । आगामी जेठ २० गतेदेखि छायांकनमा जाने अनटाइटल फिल्मलाई ‘कमेडी दरबार’ फेम्ड निर्देशक श्रद्धा प्रसाइँले निर्देशन गर्नेछिन् । फिल्ममा लिल झोलाले केही गीत कम्पोज …

Read More »

सुन्दर खनालको नयाँ हास्य शो ‘कमेडी बाज’, टिजर सार्वजनिक

काठमाडौँ।  ‘कमेडी दरबार’बाट चर्चामा आएका कमेडियन सुन्दर खनालले नयाँ हास्य शो ‘कमेडी बाज’ ल्याउने भएका छन् । उनले टिजर सार्वजनिक गर्दै शोबारे प्रारम्भिक जानकारी दिएका हुन् । सार्वजनिक टिजरमा एक्सन शैलीलाई प्राथमिकता दिइएको देखिन्छ । यद्यपि शोको पूर्ण फर्म्याटबारे भने निर्माण पक्षले विस्तृत जानकारी दिएको छैन । बुझिएअनुसार ‘कमेडी बाज’ …

Read More »

पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न भएको छ। महोत्सव आगामी बैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सर्लाहीका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। हिमाल, पहाड, तराई, …

Read More »

वैशाख ११ मा रिलिज हुँदै ‘परालको आगो’, ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश पात्रलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको दाम्पत्य द्वन्द्व देखाइएको छ भने छिमेकीका रूपमा …

Read More »

निर्देशक लक्ष्मणले राम्रो कथा भन्छन् भन्ने बुझेर नै काम गरेको हो : सौगात मल्ल

काठमाडौं । फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्। त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन् ‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन। प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’सौगात मल्लले भने,‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै …

Read More »

‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी अधिकारी

काठमाडौँ । निर्माणको चरणमा रहेको फिल्म ‘महाराजधिराज’मा ‘महारानी’ पात्र थपिएको छ । उक्त भूमिकामा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी हुन् ।   फिल्मका प्रस्तुतकर्ता विराज विष्टले केकीको स्वागत गर्दै भनेका छन्, “महाराजधिराजकी महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु ।”   तीन दिनअघि आफ्नै …

Read More »

‘जेरी’को नयाँ श्रृंखलामा अनमोल केसी अनुबन्धित

काठमाडौँ । अभिनेता अनमोल केसी फिल्म ‘जेरी’को नयाँ श्रृंखलामा देखिने भएका छन् । निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माण टिमबीच फिल्मका लागि लिखित सम्झौता भएको हो । फिल्मको शीर्षक ‘जेरी : द लास्ट क्लाइम्ब’ तय गरिएको छ । यसमा अनमोल केसीबाहेक अन्य कलाकार भने हालसम्म निश्चित भइसकेका छैनन् । …

Read More »

‘लालीबजार’ भावनात्मक कथा बोकेको फिल्म हो : निर्देशक यम थापा

काठमाडौं।  षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायतको सक्रियतामा रहेको षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यद्यपि, आगामी फिल्म ‘लालीबजार’ मा निर्देशनको जिम्मा …

Read More »

‘एक मुठ्ठी बादल: My Share of Sky’को आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं।  फिल्म ‘एक मुठ्ठी बादल: My Share of Sky’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले फिल्ममा समावेश सम्पूर्ण कलाकारलाई प्रस्तुत गर्दै यसको कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको संकेत गरेको छ। पोस्टरको केन्द्रमा आँचल शर्मा देखिन्छिन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेको अवस्था छ। घरभित्र सजिएको सेटिङमा उनीहरूको लवाइले कसैलाई …

Read More »

‘परालको आगो’ बैशाख ११ बाट प्रदर्शनमा, ट्रेलर र गीतले बढायो चर्चा

काठमाडौं। यहि बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा रहेको छ। फिल्मको गीत तथा ट्रेलरको मेकिङ शैलीका कारण पनि यो चलचित्र दर्शकमाझ थप चर्चित बनेको हो। साथै, फिल्ममा अभिनेत्री सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको दमदार अभिनय देख्न सकिने बताइएको छ। अघिल्ला फिल्महरूको तुलनामा सुहानाको बिल्कुलै …

Read More »