परीक्षा लिम्बुको उपस्थितिसहित ‘ग्लोबल डान्स लिग’मा नेपालको प्रतिनिधित्व

काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागी हुन नेपालबाट प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। प्रतियोगितामा यसपटक नेपालका तीन टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टिम एनटी, दि इननेट सोल र एनडिए जुनियर ले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। प्रतियोगिताको उद्घाटन बुधबार साँझ हुँदैछ।

प्रतियोगितामा अभिनेत्री परीक्षा लिम्बुको विशेष उपस्थिति रहनेछ भने कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा छन्। गहतराजका अनुसार यस स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट तमू पहिलोपटक निर्णायकका रूपमा सहभागी भएका हुन्।

यस वर्षको निर्णायक मण्डलमा न्यूजिल्यान्डकी कोरियोग्राफर काया पियर्स पनि रहेकी छन्। उनी अमेरिकी गायक जस्टिन बिबरको गीत ‘Sorry’ को म्युजिक भिडियोमा कोरियोग्राफी गरेकी व्यक्तिका रूपमा परिचित छिन्।

प्रतियोगितामा विभिन्न देशका नर्तक तथा नृत्य टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाली टोलीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिनेछन्।

Leave a Reply