Film

पाटन बंगलामुखी मन्दिरमा ‘आ बाट आमा २’को शुभमुहूर्त

काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिकामा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो । निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै फिल्मको काम अघि बढाएको हो । यो फिल्म अघिल्लो वर्ष …

Read More »

धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ बाट प्रदर्शनमा आउने

काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार सो मितिमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले बताएका छन् । निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेम, द्वन्द्व …

Read More »

घनश्याम लामिछानेको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशन गर्ने घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको औपचारिक घोषणा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । निर्देशक लामिछानेका अनुसार फिल्म प्रेमकथामा आधारित हुनेछ । नेपाली फिल्म क्षेत्रमा प्रेमकथामा आधारित फिल्मको संख्या …

Read More »

एक्सन–ड्रामामा ‘कुम्भ’को टिजर सार्वजनिक, जेठ १५ मा प्रदर्शन हुने

काठमाडौं । डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को एक्सन–प्याक्ड टिजर सार्वजनिक गरिएको छ । एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ । टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट रूपमा झल्काएको छ । …

Read More »

‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ लिरिकल र्‍याप भर्सन सार्वजनिक

काठमाडौं । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् । लोकलयमा आधारित मूल गीत रुचाइएको कारण र्‍याप भर्सन पनि दर्शकले मन पराउने निर्माण टिमको विश्वास …

Read More »

अस्ट्रेलियाबाट ‘मोक्ष’को ट्रेलर सार्वजनिक, नेपाली पोस्ट–अपोक्यालिप्टिक साइ–फाइमा नयाँ प्रयास

काठमाडौं । अस्ट्रेलियामा करिब १५–२० लाख रुपैयाँको बजेटमा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सुबर्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको ५५ मिनेट लम्बाइको यो फिल्मले साइन्स फिक्सन र हिन्दू मिथोलोजीलाई समेट्दै …

Read More »

गुहेश्वरी मन्दिरमा पूजा गर्दै ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न

काठमाडौं । निर्माणाधीन फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो । मुहूर्त सटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन र एक्सन–कट मधुसूदन भट्टराईले दिएका थिए । क्ल्यापिङ लव प्याकुरेलले गरेका थिए भने नरिवल दीपक दंगालले फुटाएका थिए …

Read More »

‘रोल नं १’को टिजर सार्वजनिक, छात्रवृत्ति र गरिबीको पीडामा केन्द्रित कथा

काठमाडौं । विनोद पौडेलको निर्माणमा बनेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा आम मानिसका सपना, भरोसा र गरिबीले निम्त्याउने बाध्यताको कथा प्रस्तुत गरिएको छ । विशेषतः बाबुले आफ्नो इच्छा त्यागेर छोराको भविष्यका लागि देख्ने सपना र …

Read More »

‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपिन–केकीको प्रेमिल केमेस्ट्री

काठमाडौं । निर्देशक लक्ष्मण रिजालको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो । कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर रहेको छ । दुवै गायक ‘नेपाल आइडल’का विजेता …

Read More »

‘लालीबजार’को प्रदर्शन रोकप्रति विरोध गर्दै चलचित्रकर्मी माइतीघरमा प्रदर्शन

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले प्रदर्शन गरेका छन् । कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतको उपस्थितिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले कलाको स्वतन्त्रताको पक्षमा …

Read More »