Film

महाराजधिराजमा मुख्य भूमिकामा पुष्प खड्का अनुबन्ध, राजकीय अवतारसहित विशेष पोस्टर सार्वजनिक

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको चलचित्र महाराजधिराज मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै विशेष पोस्टर सार्वजनिक गरेको हो। लामो समयदेखि फिल्ममा राजाको भूमिकामा को देखिने भन्ने कौतुहलता मेटाउँदै निर्माण पक्षले …

Read More »

लामो मौनतापछि सलिनमान बनियाको कमब्याक संकेत, कुन फिल्मबाट फर्किँदै?

काठमाडौं । फिल्म ए मेरो हजुर २बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनियाले लामो समयपछि पुनः फिल्ममा फर्किने संकेत दिएका छन्। पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका उनले त्यसपछि यात्राः अ म्युजिकल भ्लगमा अभिनय गरेका थिए। तर त्यसयता उनी फिल्म र सार्वजनिक उपस्थितिबाट टाढा जस्तै देखिँदै आएका थिए। गत वर्ष सलोन …

Read More »

कार्की साइँलाको फस्ट लुक्स सार्वजनिक, साउन १ मा प्रदर्शन हुने

काठमाडौं । हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर फिल्म आगामी साउन १ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो। सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोभित्र पहाडको दृश्य …

Read More »

नयाँ वर्षमा ‘गंगारानी’ घोषणा, राजबहादुर साने फेरि प्रेमकथासहित आउँदै

काठमाडौं । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र गंगारानी निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको औपचारिक घोषणा गरिएको हो। सानेकै लेखन तथा निर्देशनमा बन्ने फिल्म आगामी जेठ महिनाको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ। प्रेमकथामा …

Read More »

तुलसी घिमिरेको ‘पहाड’ रिलिज, बेरोजगारी र पलायनको कथा

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ आज (वैशाख १) देखि देशभर प्रदर्शनमा आएको छ। बेरोजगारी, पानीको अभाव र मानवविहीन बन्दै गइरहेका गाउँ–पहाडको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले समसामयिक नेपाली समाजको कथा प्रस्तुत गरेको निर्देशक घिमिरेले बताएका छन्। उनका अनुसार, “पहाड केवल …

Read More »

‘पाँच पाण्डव’ फिल्ममा नयाँ इन्ट्री: सुशील सिटौला मुख्य पात्रमा

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ। उनी फिल्मका मुख्य पात्रमध्ये एकका रूपमा अनुबन्धित भएका हुन्। प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिटौला ‘पाँच पाण्डव’मध्ये एक पात्रमा देखिनेछन्। “हामीले खोजेजस्तै अब्बल कलाकार फिल्ममा भित्र्याएका छौँ,” उनले बताए। सिटौलाले अब हरिवंश आचार्यसहित अन्य कलाकारसँग स्क्रिन सेयर गर्नेछन्। …

Read More »

एक्सन र बदलाको महासंग्राम: ३८० कलाकारको अभिनय रहेको ‘साहु बा’को ट्रेलर सार्वजनिक

काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको निर्माण पक्षले आइतबार रिलिज गरेको ट्रेलरले दर्शकमाझ कौतुहलता र उत्साह जगाउने देखिन्छ । सार्वजनिक १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित …

Read More »

टिजरमै हंगामास् दयाहाङ र सौगातबीचको रोचक भिडन्त

काठमाडौं । जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर रिलिज भएको छ। आइतबार ओएसआएर युटुबमार्फत फिल्मको टिजर रिलिज भएको हो।  टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई,सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन्। उनीहरु झगडा गरेको गरै गरेपछि मित लगाउँछन्। उनीहरु नजुधुन् भन्ने हिसावले मित लगाइएको …

Read More »

झापामा ‘डबल ट्रिपल’को छायांकन जारी, मिरुना मगर प्रहरी को भूमिकामा

काठमाडौं । निर्देशक अशोक शर्माको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘डबल ट्रिपल’को छायांकन यतिबेला पूर्वी नेपालको झापामा जारी छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन एक साताभित्र सम्पन्न गर्ने तयारी गरिएको छ। छायांकन सेटबाट हालै सार्वजनिक भएका केही ताजा तस्वीरहरूले फिल्मका मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरेका छन्। सार्वजनिक तस्वीरअनुसार अभिनेत्री …

Read More »

‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

काठमाडौं।  लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । सत्य–स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको स्वर छ भने शब्द सुरेन्द्र रानाको रहेको छ । गीतमा कलाकार प्रकाश सपुत र सुहाना थापा जोडीका रूपमा देखिएका छन् । साथै, सौगात मल्ल र …

Read More »