News & Gossip

हिमाञ्चल बने नयाँ मिस्टर नेपाल

काठमाडौंँ । ‘मिष्टर नेपाल वल्र्ड’को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले जितेका छन् । शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिदा एकदमै खुसी लागेको केसीले बताए । उनले उपाधिले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी …

Read More »

फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो वर्षको प्रतिक्षित फिल्मको रूपमा हेरिएको यस फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो। दिपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरले कमेडी भाव प्रस्तुत गर्दै अहिलेको समसामयिक राजनीतिक विषयलाई पनि समेटेको छ। हरिवंश आचार्य फिल्ममा हरिबहादुर पात्रको रूपमा …

Read More »

´ बलिदान ` को ट्रेलर सार्वजनिक

काठमाडाैं। नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको फिल्मले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ। ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा …

Read More »

‘वरिष्ठ बलराम’को पोस्टरमा सोचमग्न दयाहाङ र विजय

काठमाडौं। तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पहिलो पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी …

Read More »

‘परान’ को फर्स्टलुक सार्वजनिक

काठमाडाैं। दीपकप्रसाद आचार्य (काकु) को कथा र निर्देशनमा बनेको फिल्म ‘परान’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा …

Read More »

फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीको अवसरमा रिलिज हुने फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको समावेश रहेको देखिन्छ, जसले दर्शकलाई आकर्षित गर्ने काम गरेको छ। फिल्म पारिवारिक कथामा आधारित छ र मिलन तामाङको निर्देशनमा बनेको हो। फिल्ममा प्रमुख कलाकारका रूपमा धिरज मगर, उपासना …

Read More »

‘सोल्टिनी’ फिल्मको टिजर सार्वजनिक

काठमाडौं। नेपाली फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस फिल्मको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ। यसअघि फिल्मका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित …

Read More »

अस्कर अवार्डका लागि नेपालबाट अञ्जिला सिफारिसमा

काठमाण्डौँ । आगामी वर्ष हुने ९८औं अस्कर अवार्डका लागि नेपालको तर्फबाट फिल्म ‘अञ्जिला’ सिफारिसमा परेको छ। द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष अस्करमा …

Read More »

अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुने

काठमाडौं। असोज १३ गते दशैँको फूलपातीको दिन नेपालमा रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ प्रदर्शन हुने भएको छ। अमेरिकामा यस फिल्मलाई आहाना पौडेलले वितरण गर्न लागेका छन्। यो उनको फिल्म वितरणमा डेब्यु हो। आहान नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् र पछिल्लो समय टेक्सासमा बसोबास गर्दै …

Read More »

´जारी २` कार्तिक ६ गते रिलिज हुने

काठमाडौं। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । फिल्मको निर्माण टिमले मंगलबार …

Read More »