News & Gossip

‘माया भनेकै यस्तो होला’को शीर्ष गीत रिलिज

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ। गीतमा पहिलो नजरमै …

Read More »

सम्राट बस्नेतले घोषणा गरे नयाँ फिल्म ‘दुर्गा’

काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरअगाडि रातो पोशाकमा एक युवती एक्लै उभिएकी देखिन्छिन्। मन्दिरको प्रवेशद्वारअघि त्रिशूल पनि देखाइएको छ। पोस्टरले फिल्मको कथावस्तुबारे जिज्ञासा पैदा गरे पनि निर्माण पक्षले …

Read More »

‘अक्षरा’को तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा फिल्मकर्मीहरूको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो। उक्त गीत मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जनाएको छ। समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द …

Read More »

सिड्नीमा ‘मालती मंगले’को रेड कार्पेट प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली फिल्म ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेसमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालको उपस्थितिमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको निर्माण पक्षले जनाएको छ। निर्माण टिमका अनुसार करिब २०० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शक उपस्थित भएपछि प्रिमियर ‘हाउसफुल’ भएको थियो। …

Read More »

‘पञ्चमी’को औपचारिक घोषणा, सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्ने

काठमाडौं । नेपाली फिल्म ‘पञ्चमी’ को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि रहेर नेपाली फिल्म उद्योगमा काम गर्दै आएका सौगात बस्नेतले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। फिल्मको घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘पञ्चमी’ साइकोलोजिकल मिस्ट्री थ्रिलर विधामा निर्माण हुनेछ। सौगात …

Read More »

‘बेहुली’को ‘दिलमा ठाउँ छ’ गीत चार दिनमै १३ लाख भ्युज नाघ्यो

फिल्मी फण्डा। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ भने टिकटकमा गीत प्रयोग गरेर २ लाख ५० हजारभन्दा बढी भिडियो बनाइएको छ। …

Read More »

‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा

काठमाडौं । आगामी भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। गीत बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर, शिशिर थतालको शब्द तथा संगीत रहेको छ। यसअघि सार्वजनिक गरिएको फस्ट लुक भिडियोमा गीतको हुकलाइन समावेश …

Read More »

इन्फा अवार्ड २०२६ः मनोनयनमा कसले बनायो बलियो दावेदारी ?

काठमाडौं। इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली फिल्म वृत्तमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ ।आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै …

Read More »

अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्धमा ‘पार्वती’, टिजर सार्वजनिक

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले टिजर रिलिज गरेको हो। एक मिनेट ५७ सेकेन्ड लामो टिजरले अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। पार्वतीको भूमिकामा रहेकी नीता ढुङ्गाना र उनका भाइको भूमिकामा रहेका …

Read More »

‘सिन्दुरे जात्रा’ फिल्मको छायांकन सम्पन्न

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय स्थगित गरिएको थियो। दाहिने हातको नाडीमा चोट लागेका विजय पूर्ण रूपमा निको भएपछि दोस्रो …

Read More »