काठमाडौं । फिल्म ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र परिवारभित्रको उतारचढावलाई केन्द्रमा राखेको छ। टिजरको सुरुवातमै हिउँवाला गौतमलाई मध्यरातमा घर छाडेर हिँड्दै गरेको देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न निस्किएको दृश्य …
Read More »News & Gossip
‘कमला मिस’ले प्रिमियरमा बटुल्यो प्रशंसा, साउन २२ देखि प्रदर्शनमा
काठमाडौं । बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जय नेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले चलचित्रको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका …
Read More »‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक
काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले प्रचारप्रसारको सुरुआतस्वरूप उक्त गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई फिचर्ड गरिएको छ। भिडियोमा दुवै कलाकारबीचको केमेस्ट्री आकर्षक देखिन्छ। …
Read More »‘हली’को प्रचार देशव्यापी, पूर्वदेखि पश्चिमसम्म पोस्टर अभियान
काठमाडौँ । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हली’को प्रचारप्रसारलाई निर्माण टिमले देशव्यापी बनाएको छ। निर्माण पक्षका अनुसार फिल्मको प्रचार अभियान पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीपछि अहिले दाङ, नेपालगञ्ज र धनगढीसम्म विस्तार गरिएको छ। ती क्षेत्रमा अटो र ई–रिक्सामा फिल्मका पोस्टर राखेर प्रचार भइरहेको छ। निर्माता पूजा गुरुङ …
Read More »‘पच्चीस पच्चीस’ घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा फिल्मको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकार सार्वजनिक गरिएको हो। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको निर्देशन सुब्रत आचार्यले गर्नेछन्। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यको यो तेस्रो निर्देशकीय फिल्म हो। फिल्मका …
Read More »रिलिजअघि नै ‘बेहुली’को विदेशी प्रदर्शन अधिकार बिक्री
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार रिलिजअघि नै बिक्री भएका छन्। निर्माण पक्षका अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि फिल्मको वितरण अधिकार बिक्री भइसकेको छ। अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। त्यहाँ पनि फिल्म भदौ …
Read More »बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन
काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन साउन २९ गतेदेखि सुरु हुने जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी हुन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्। बडीमालिकाबारे उल्लेख गर्दै झरनाले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक …
Read More »‘तीन तीघ्रे क्या बिग्रे’को नयाँ अभ्यास, प्राविधिकलाई हप्तामा एक दिन बिदा
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि व्यवहारमा यसको कार्यान्वयन भने कमै हुने गरेको छ। छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र निरन्तरको कामका कारण प्राविधिकहरूले पर्याप्त विश्राम पाउने अवसर कम हुने गरेको छ। यही अवस्थालाई ध्यानमा राख्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन …
Read More »‘कमला मिस’को ट्रेलर सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा आउने
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवनलाई केन्द्रमा राखिएको कथावस्तुको झल्को प्रस्तुत गरिएको छ। ट्रेलरमा भावनात्मक दृश्य, प्रभावशाली संवाद र कलाकारहरूको अभिनयलाई प्राथमिकताका साथ देखाइएको छ। साहित्यकार तथा …
Read More »‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा
काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, विश्वासघात, विछोड र त्यसपछिको संघर्षलाई केन्द्रमा राखिएको छ। निर्देशकले दुई प्रेमिल जोडीको कथामार्फत जीवनका उतारचढाव र सामाजिक …
Read More »
News Filmy Newsportal / Nepal
