News & Gossip

नीता ढुङ्गानाको ‘पार्वर्ती’ छायांकनमा निस्कँदै,भदौ १२ बाट प्रदर्शन तय

काठमाडौं । नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्कँदैछ। निर्माण टिमका अनुसार फिल्मको छायांकन चैत २४ गतेबाट सुरु हुने छ। फिल्मकी निर्देशक नीता ढुङ्गानाले भनेकी छन्, “हामी यहीँ चैत २४ गतेबाट छायांकन सुरु गर्दैछौँ।   वितरक र अन्य सरोकारवालासँगको सल्लाह अनुसार फिल्मलाई भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने …

Read More »

झापामा ‘पाँच पाण्डव’को धमाधम छायांकन, टिममा प्रशान्त ताम्राकार र इभा गिरी भित्रिए

काठमाडौं । ठूलो लगानी र चर्चित कलाकारहरूको जमघटका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ। छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले कलाकार टोलीमा प्रशान्त ताम्राकार र इभा गिरीलाई थपेको छ। छायांकनको १४औँ दिनमा उनीहरू सेटमा जोडिएको निर्देशक वसन्त निरौलाले जानकारी दिए। …

Read More »

‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख पार

काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले युट्युबमा छोटो समयमै उच्च दर्शक पाएको छ। सार्वजनिक भएको ६ दिनमै गीतले १० लाखभन्दा बढी भ्युज पार गरेको हो।   गीतले तीव्र गति लिँदै ११ लाखभन्दा बढी भ्युज बटुलेपछि निर्माण टिम उत्साहित बनेको छ। निर्माता मगरले दर्शकको मायाप्रति …

Read More »

‘परालको आगो’को दोस्रो गीत रिलिज, सुहाना–प्रकाशको रोमान्स

काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचार सामग्रीका रूपमा गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर रहेको छ। शब्द तथा संगीत प्रकाश सपुतकै रहेको गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन्। …

Read More »

प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे

चितवन । नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु …

Read More »

‘यानीमाया’मा पल र अन्जनाको जोडी, ओम प्रतिकले निर्देशन गर्दै

काठमाडौं। नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ । यो फिल्मको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । निर्माणपक्षले आज …

Read More »

पारस–दिव्या स्टारर ‘बेहुली’ फिल्म शुभमुहूर्तसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्म ‘बेहुली’को शुभमुहूर्त ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा–अर्चना गर्दै सम्पन्न गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार फिल्म यसै साताबाट छायांकनमा जानेछ भने आगामी भदौ १२ गते, हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउनेछ। ‘द …

Read More »

आई. एम. जीतबहादुरको टिजर रिलिज

काठमाडौं । लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ ।   भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।   जीतु नेपाल प्रमुख …

Read More »

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं । चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन्। ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा …

Read More »

‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । आज कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत …

Read More »