News & Gossip

बेगम नेपाली ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकामा

काठमाडौँ। ‘भटभटे माइला’ पात्रबाट परिचित कमेडियन बेगम नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन यही सातादेखि सुरु गर्ने तयारी छ। रघुनाथ सापकोटा निर्माता रहेको फिल्म पूर्ण …

Read More »

‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, हल्दी समारोहमा देखिए मुख्य कलाकार

काठमाडौँ। भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारलाई विवाहअघिको हल्दी समारोहमा देखाइएको छ। पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह पनि पोस्टरमा अटाएका छन्। हल्दी समारोहको दृश्यमा …

Read More »

‘अक्षरा’ को धमाधम डबिङ, मुख्य भूमिकामा अभिनेत्री न्यान्सी खड्का उत्साहित

काठमाडौँ। आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो। यसै क्रममा शुक्रबार अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण …

Read More »

बालबालिकाका लागि ‘म पनि Actor’ अभिनय प्रतियोगिता आयोजना गर्दै सर्वनाम थिएटर

काठमाडौँ। सर्वनाम थिएटरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘म पनि Actor’ नामक राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ।   प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदनमध्ये ३० जना प्रतियोगी छनोट गरिनेछन्। उनीहरूले काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय …

Read More »

‘लोकदोहोरी स्टार’ सिजन २ को देशव्यापी अडिसन सुरु हुँदै

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘लोकदोहोरी स्टार’ को दोस्रो संस्करण सुरु हुने भएको छ। आयोजक एभेन्टोज स्टुडियोले देशव्यापी अडिसनमार्फत नयाँ प्रतिभा छनोट गर्ने तयारी गरेको जनाएको छ। आयोजकका अनुसार शोको अडिसन सातै प्रदेशमा सञ्चालन हुनेछ। दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ। शोका निर्णायकमा गायिका कोमल …

Read More »

महेश–अञ्जनाको पुनः सहकार्यमा ‘आशा’, १ माघमा प्रदर्शन हुने

काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने कथानक फिल्म ‘आशा’ निर्माण हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको औपचारिक घोषणा गर्दै आगामी १ माघलाई प्रदर्शन मिति तय गरिएको छ। उडान स्टुडियोको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण शर्मिला थापाले गर्नेछिन्। फिल्मको पटकथा तथा निर्देशन राजीव …

Read More »

‘दले दाइ’ सुमन कोइरालाको फिल्म डेब्यु, ‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त

काठमाडौँ। ‘दले दाइ’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी हास्यप्रधान फिल्म ‘तिरिमिरी झ्याइँ’बाट रजतपटमा देखिन लागेका हुन्। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार छायांकन असार २९ गतेदेखि सुरु हुनेछ। आभास अधिकारीको कथा तथा अवधारणामा बन्न …

Read More »

‘गौँथली’ ट्रेलरको चर्चा : भावनात्मक कथाले तान्यो दर्शकको ध्यान

काठमाडौँ । साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको चार दिनमै युट्युबको चलचित्रतर्फको ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा पुगेको छ। ट्रेलरले सामाजिक सञ्जालमा पनि दर्शकको ध्यान तानेको छ। ट्रेलरमा अटिजम भएका युवक र उनको वैवाहिक जीवनको संघर्षलाई केन्द्रमा राखिएको छ। अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयलाई धेरै दर्शकले …

Read More »

‘पार्वती’ को डबिङमा दीपाश्री निरौलाको अनुभव : ‘फरक शैली र मन छुने पटकथा’

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन्। फिल्मको फरक शैली र मन …

Read More »

रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक, प्रेमकथामा आधारित भिडियो

काठमाडौं । अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका गीतकार रुपेश शर्माले आफ्नो नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक गरेका छन्। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियो प्रेमकथामा आधारित छ। गीतमा गायक सिडी विजय अधिकारी र गायिका मनीषा राईको स्वर रहेको छ। संगीत सिडी विजय अधिकारीले तयार गरेका हुन् भने म्युजिक प्रोडक्सन, …

Read More »