काठमाडौं । कलाकार प्रकाश तिवारी ‘पिके’ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । फिल्मको पहिलो झलक स्पेनको आलिकान्तेमा सार्वजनिक गरिएको हो । फिल्मको पोस्टर चर्चित निर्देशक मीनबहादुर भाम र सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरेका थिए । यसअघि विभिन्न टेलिफिल्म तथा कथानक फिल्ममा सह–निर्देशन गर्दै …
Read More »news filmy
‘टिका : स्टेटलेस सोल’ भदौ २६ मा रिलिज, वर्षा–महेश मुख्य भूमिकामा
काठमाडौं । महेश त्रिपाठी र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहने फिल्म ‘टिका : स्टेटलेस सोल’को प्रदर्शन मिति तय भएको छ । शंकर कार्कीको निर्देशनमा बन्ने फिल्म हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ । फिल्मलाई सुनील मानन्धरले वितरण गर्नेछन् । चाँडै छायांकनमा जाने तयारीमा रहेको फिल्मको …
Read More »‘लालीबजार’ : बादी समुदायको कथा बोकेको फिल्म, स्वस्तिमाका लागि ‘टर्निङ प्वाइन्ट’
काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको नयाँ प्रस्तुति ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान खिचेको थियो । गर्भवती महिलाको भावुक …
Read More »‘मितज्यू’को ‘भुनभुन माहुरी’ सार्वजनिक, सौगात–दयाहाङ–रुषाको आकर्षक नृत्य
काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । …
Read More »‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । करिब २ मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र पारिवारिक सम्बन्धभित्रका जटिलता, बुझाइ र …
Read More »‘परालको आगो’को सुखद ओपनिङ, पहिलो दिनमै करिब ३७ लाख कमाई
काठमाडौं । वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले प्रदर्शनको पहिलो दिनमै सुखद ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । निर्माता सुशील पोखरेलका अनुसार फिल्मको ओपनिङ कलेक्सन ३८ लाख नजिक पुगेको छ । उनले दर्शकको …
Read More »अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ सके
काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ पूरा गरेका छन् । सलमान खान फिल्म्सको ब्यानरमा बनेको फिल्ममा उनी सलमान खानसँगै मुख्य भूमिकामा छन् । मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा उनले आफ्नो भागको डबिङ सकेका हुन् । फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार स्वतन्त्रता दिवस …
Read More »‘रोल नं १’को टाइटल गीत सार्वजनिक, शिक्षा प्रणालीमाथि कडा प्रश्न
काठमाडौं । फिल्म ‘रोल नं १’को टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष गीत रिलिज गरिएको हो । टाइटल गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले नेपाली शिक्षा प्रणाली र विद्यालयमा हुने ‘र्याङ्किङ’को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय …
Read More »‘लालीबजार’को नयाँ गीत ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक, वैशाख १८ देखि प्रदर्शनमा
काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो । गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरस भोकलमा रन्जिता …
Read More »रेखा थापाको ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, ८ वर्षपछि निर्देशनमा कमब्याक
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकबीच भएको सहमतिअनुसार फिल्म आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो। यसअघि तीजको अवसर पारेर प्रदर्शन गर्ने तयारी भए पनि ठोस …
Read More »
News Filmy Newsportal / Nepal
