काठमाडौं । दीपल प्रिजेन्ट्स मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं अडिसन सम्पन्न भएको छ। बिहीबार सोल्टी होटलमा आयोजित अडिसनबाट ग्रान्ड फिनालेका लागि २५ प्रतियोगी छनोट भएका छन्। आयोजकका अनुसार अडिसनमा कुल १०६ जनाको सहभागिता रहेको थियो। जसमा गैरआवासीय नेपाली (एनआरएन) युवतीहरूको पनि सहभागिता थियो। मिस युनिभर्स नेपाल २०२६ की राष्ट्रिय …
Read More »news filmy
‘रोड टु एभरेस्ट’को टिजर सार्वजनिक
काठमाडौं । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक गरिएको छ। ५० वर्ष नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै सगरमाथा आरोहण गर्ने सपनालाई पछ्याएको प्रेरणादायी यात्रालाई ५० मिनेट लामो वृत्तचित्रमा प्रस्तुत …
Read More »‘बा : एक योद्धा’को लोकलयको गीत सार्वजनिक
काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार गीत सार्वजनिक गरेको हो। गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ भने समीक्षा अधिकारी र सागर आलेको स्वर सुन्न सकिन्छ। नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार गरिएको गीतले …
Read More »‘पेन्सन पट्टा’को टिजर सार्वजनिक
काठमाडौं । माओत्से गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते (सेप्टेम्बर ११, २०२६) बाट प्रदर्शनमा आउने फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ। ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, …
Read More »क्राइम थ्रिलर ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, भदौ ५ देखि प्रदर्शन
काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा बनेको पहिलो फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले फिल्मको कथावस्तुबारे केही संकेत दिएका थिए। ट्रेलरले भने आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्न सक्ने संघर्षलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरेको छ। क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा बनेको …
Read More »‘मन बिनाको धन–२’को कलाकार टोली बलियो, मदनकृष्णसहित पाँच कलाकार अनुबन्ध
काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन–२’को कलाकार टोली थप बलियो बनेको छ। निर्माण टिमले मंगलबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ। फिल्मको विशेष आकर्षणका रूपमा मदनकृष्ण श्रेष्ठले अभिनयसँगै एउटा गीतमा …
Read More »हरिवंश आचार्य बन्दै अरुण क्षेत्री
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन्। निर्माण टिमले बुधबार हरिवंशको भूमिकामा अरुणलाई अनुबन्ध गरिएको जानकारी दिएको हो। हाल प्रदर्शनरत फिल्म ‘गौँथली’का मुख्य कलाकार रहेका अरुणले यही टिमले निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि मुख्य …
Read More »‘झिँगेदाउ २’को टिजर सार्वजनिक
काठमाडौं । फिल्म ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र परिवारभित्रको उतारचढावलाई केन्द्रमा राखेको छ। टिजरको सुरुवातमै हिउँवाला गौतमलाई मध्यरातमा घर छाडेर हिँड्दै गरेको देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न निस्किएको दृश्य …
Read More »‘कमला मिस’ले प्रिमियरमा बटुल्यो प्रशंसा, साउन २२ देखि प्रदर्शनमा
काठमाडौं । बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जय नेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले चलचित्रको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका …
Read More »‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक
काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले प्रचारप्रसारको सुरुआतस्वरूप उक्त गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई फिचर्ड गरिएको छ। भिडियोमा दुवै कलाकारबीचको केमेस्ट्री आकर्षक देखिन्छ। …
Read More »
News Filmy Newsportal / Nepal
