अन्तिम समयमा सर्‍यो ‘अक्षरा’को प्रदर्शन

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’को रिलिज अन्तिम समयमा स्थगित भएको छ। फिल्मको प्रदर्शनका लागि धेरै सिनेमा हलले बुकिङसमेत खुलाइसकेको अवस्थामा निर्माण पक्षले प्राकृतिक विपत्तिको कारण देखाउँदै रिलिज मिति सारेको हो।

अब ‘अक्षरा’ मंसिर २४ गतेदेखि प्रदर्शनमा आउनेछ। रसुवामा आएको बाढी–पहिरो तथा पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसीलगायत कलाकारको अभिनय छ।

 

Leave a Reply