News & Gossip

‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’

काठमाडौं। दशैंको फूलपाती अर्थात असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मलाई दर्शकहरुमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ । यो फिल्मका मुख्य नायक हुन्, धिरज मगर । पहिलो पटक …

Read More »

फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक

काठमाडौं। मंसिर १२ गते देखी प्रदर्शनमा आउन लागेको पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो। एलिश कार्कीको संगीतमा तयार भएको गीतमा प्रताप दास र सदिक्षा कट्टेलको स्वर छ भने पवित्रा घिमिरेको शब्दरचना रहेको …

Read More »

‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट, असोज १३ गतेदेखि प्रदर्शन

काठमाडौं। असोज १३ गते दशैंको फूलपाती बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ लाई चलचित्र जाँच पास समितिले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बुधबार बेलुकी सेन्सर प्रक्रिया सम्पन्न भएको हो। अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। दशैंलाई लक्षित गरी रिलिज हुने भएकाले फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ। सेन्सर …

Read More »

“‘बलिदान’ मार्फत देशभक्ति र मातृप्रेमको भाव दर्शकसमक्ष ल्याउने निर्देशक सेनको दाबी”

काठमाडौं।  नेपाली फिल्म उद्योगमा प्रतिक्षित फिल्म ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्। “हामीले उठाएको विषयवस्तु पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको धैर्य र परिश्रमपछि आज फिल्म …

Read More »

‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ सार्वजनिक

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सार्वजनिक भएको छ। प्रशान्त शिवाकोटीको शब्द र संगीतमा तयार गीतमा उनी स्वयं र गायिका शान्तीश्री परियारको स्वर छ। प्रेमिल भावमा तयार गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा प्रस्तुत गरिएको छ। गीतमा प्रेमीले प्रेमिकासँग जीवन बिताउने चाहना व्यक्त गर्दा प्रेमिकाले उनको …

Read More »

‘पेन्सनपट्टा’बाट विश्वास र मायाको नेपाली फिल्ममा डेब्यु

काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। गुरुङ फिल्मका अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन्। अभिनेत्री …

Read More »

‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक

काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो । कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको  यो कालजयी गीत ‘सिन्धुली गढी …

Read More »

अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं। निर्देशक टंक बुढाथोकीले निर्माण गरेको फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकार अशोक दर्जीलाई विद्यार्थीको पोशाकमा प्रस्तुत गरिएको छ। “जिरोदेखि हिरोसम्मको कथा” भन्ने ट्यागलाइनमार्फत फिल्मले दर्जीको जीवनयात्रा देखाउने संकेत गरिएको छ। फिल्म आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अशोक दर्जीसँगै सरोज …

Read More »

‘हरिबहादुरको जुत्ता’ सेन्सर पास

काठमाडौं।  यस वर्षको अत्यधिक प्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ। केन्द्रिय फिल्म जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका सदस्यहरू फिल्मको क्लाइमेक्स अवलोकन गर्दा भावुक भएको बताइएको छ। उनीहरूले हसाउँदै–हसाउँदै अन्त्यमा हृदय छुने कथा पस्कन …

Read More »

‘लज्जावती’को शुभमुहूर्त पशुपतिनाथमा

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को सोमबार पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर शुभमुहूर्तसँगै छायांकनको सुरुवात गरिएको हो। शुभमुहूर्त सट लेखक प्रदीप भद्रराजको निर्देशनमा अभिनेता मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले दिएका थिए। त्यसपछि निर्माता विकास राज जोशीले …

Read More »